काँग्रेस जलजलाको सभापतिमा पौडेल निर्बाचित

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेस जलजला गाउँपालिकाको सभापतिमा इन्दुप्रकाश पौडेल निर्बाचित हुनुभएको छ ।

मोहनचोक स्थित गाउँपालिका कार्यसमितिको कार्यालयमा भएको मतदानमा निकटतम प्रतिस्पर्धी हरिबिकास जिसीलाई १५ मतले पछि पार्दै पौडेल पालिका सभापति निर्बाचित हुनुभएको हो ।

Bhautik ministry notice about road

निर्बाचन अधिकृत भवानीशंकर पौडेलका अनुसार पौडेलले ८१ र जिसीले ६६ मत प्राप्त गर्नुभएको छ । १६१ जना क्षेत्रीय प्रतिनिधी मतदाता भएकोमा १५८ मत खसेको थियो ।

Shreekrishna hardwear in news

उपसभापतिमा साबित्रा खत्रीले ९६, शशी आचार्यले ८५, सचिबमा नबिन जिसीले १०० र युवराज अर्मजाले ९५ मत ल्याएर बिजयी हुनुभएको छ । सहसचिबमा राजकुमार पौडेलले ६३, डम्मर बिकले ६९ मत ल्याएर निर्बाचित हुनुभएको थियो ।

नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत शनिबारदेखि शुरु भएको पालिका अधिवेशनमा पदाधीकारीमा सहमति जुट्न नसकेपछि मतदान गरिएको थियो । सदस्यहरु भने सर्बसहमतिमा चयन भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...