काँग्रेसको बेनी नगर सभापतिमा रबिन्द्र कार्की निर्बाचित

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसको बेनी नगर सभापतिमा रबिन्द्र कार्की निर्बाचित हुनुभएको छ ।


१४ औ महाधिवेशन अन्तरगत आइतबार भएको मतदानमा बेनी नगरपालिका–९ गलेश्वरका कार्कीले ७६ मत ल्याएर सभापतिमा निर्बाचित हुनुभएको हो । निर्बाचन अधिकृत निरञ्जनराज भण्डारीका अनुसार कार्कीका प्रतिस्पर्धी बिक्रम बोगटीले ६८ मत प्राप्त गर्नुभयो ।

कुल १७१ मतदाता रहेकोमा १६७ जनाले मतदान गरेका थिए । उपसभापतिमा हरिप्रसाद पौडेलले ७३ र गंगाबहादुर खत्रीले ७२ मत ल्याएर बिजयी हुनुभएको छ । पौडेल बोगटी र खत्री कार्कीको प्यानलबाट उमेद्वार बन्नुभएको थियो ।

Shreekrishna hardwear in news

बोगटी प्यानलबाट उपसभापतिका उमेद्बार बनेका मानकाजी घिमिरेले ५८ र कार्कीको प्यानलका उपसभापतिका उमेद्वार मनोज कार्कीले ७० मत प्राप्त गर्नुभयो । सचिबमा बोगटी प्यानलका ज्ञानेन्द्र श्रेष्ठले ८१ र कार्की प्यानलका झलक जिसीले ६७ मत प्राप्त गरेर बिजयी हुनुभयो ।
सचिबमा पराजित संगिता श्रेष्ठले ६६ र रणबहादुर शाहीले ६० मत पाउनुभएको छ । श्रेष्ठ कार्की र शाही बोगटीको प्यानलबाट उमेद्बार बन्नुभएको थियो । सहसचिबमा स्यानीमाया कार्कीले ८१ र शान्ति शर्माले ७५ मत प्राप्त गरेर निर्बाचित हुनुभयो । उहाँहरु दुबै जना बोगटी प्यानलबाट उमेद्बार बन्नुभएको थियो ।

सहसचिबमा कार्की प्यानलबाट उमेद्बार बनेका संगमकुमार बिकले ४९ र बिन्दु खत्रीले ६५ मत प्राप्त गर्नुभयो । सचिब ज्ञानेन्द्र श्रेष्ठ र सहसचिब स्यानीमाया कार्कीले लोकप्रिय ८१÷८१ मत ल्याउनुभएको छ । सचिबमा निर्बाचित झलक जिसी २३ वर्षका हुनुहुन्छ ।

Bhautik ministry notice about road

कार्की प्यानललाई प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षका जिल्ला सभापति खम्बिर गर्बुजा र बोगटी प्यानललाई बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुर्ब जिल्ला सभापति रेशमबहादुर बानियाले साथ दिनुभएको थियो ।

पदाधीकारी बाहेकका अन्य ३९ जना सदस्य निर्बिरोध निर्बाचित भएका थिए । सदस्यमा निर्बाचित हुनेहरुमा टिकाबहादुर महत, मिनबहादुर खत्री, सरस्वती गिरी, देबेन्द्रबहादुर घिमिरे, भिमबहादुर पौडेल, रुपा घिमिरे, झलकबहादुर घिमिरे, कल्पना रोकामगर, सुरेन्द्र घर्ति मगर, मिनबहादुर बानिया, सन्दिपा शर्मा, प्रेम बानिया, राधिका खत्री, दण्डपाणी उपाध्याय, नारायण थापा क्षेत्री, खुमा सापकोटा, अर्बिन श्रेष्ठ, बिक्रम श्रेष्ठ, कल्पना श्रेष्ठ र टेककुमार पुर्जा पुन रहनुभएको छ ।

यस्तै अन्य सदस्यहरुमा तुलबहादुर छन्त्याल, बिकास पुन, तुलसीराज गिरी, शारदा रामदाम, चन्द्र नेपाली, लालबहादुर मगर, अजय मल्ल, भगवती पौडेल, इन्द्रबहादुर बरुवाल, अभिशेक बोगटी, गणेश बानिया, सुनिता भण्डारी, उषाकुमारी बिक, बागबिर दर्जी, नरबहादुर बिक, टेकबहादुर फगामी, गंगाधर शर्मा, चन्द्रबहादुर कार्की, राम पौडेल निर्बाचित हुनुभएको छ ।
नबनिर्बाचित सभापति कार्कीले बेनी नगरपालिकालाई काँग्रेसमय बनाउने र अर्को प्यानलका साथीहरुलाई पनि मिलाएर लैजाने बताउनुभयो । निबर्तमान सभापति अनोद श्रेष्ठले बधाई दिदै निर्बाचनलाई स्वभाविक प्रक्रिया मानेर पार्टीलाई बलियो बनाउन नयाँ निर्बाचित समितिलाई आग्रह गर्नुभयो ।

शनिबार चार वटा पालिकामा सर्बसम्मत र एक वटामा मतदानबाट नेतृत्व चयन भएको थियो । धवलागिरी गाउँपालिकामा प्रेम पुन, मालिकामा खिम पुन, मंगलामा नरसिंह खत्री र रघुगंगामा मनकुमार शेरपुञ्जा सर्बसम्मत रुपमा काँग्रेसको पालिका सभापतिमा निर्बाचित हुनुभएको हो ।

अन्नपूर्ण गाउँपालिकामा कृष्णप्रसाद बरुवाललाई एक मत अन्तरले पराजित गर्दै क्याप्टेन बलबहादुर तिलिजा पुन सभापतिमा निर्बाचित हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...