म्याग्दी काँग्रेसको गाउँपालिका नेतृत्वमा गर्बुजा र बानियामा को बलियो ?

Sinchai Khanipani notice

बेनी । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत शनिबार म्याग्दीका चार वटा पालिकामा सर्बसम्मत र एक वटा पालिकामा मतदान मार्फत नेतृत्व चयन भएको छ । जिल्लाका ६ स्थानीय तह मध्य सदरमुकाम अवस्थित बेनी नगरपालिकाको नेतृत्वका लागि आइतबार मतदान हुने भएको छ ।

बेनी नगरपालिकाको नेतृत्वका लागि बिक्रम बोगटी र रबिन्द्र कार्की (रबी)को दुई वटा प्यानल बनाएर चुनावी प्रक्रियाका लागि मनोनयन दर्ता भएको छ । बोगटीको प्यानलबाट उपसभापतिमा हरिप्रसाद पौडेल र मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार श्रेष्ठ र रणबहादुर शाही, सहसचिबमा शान्ति शर्मा पौडेल र शानिमयाँ कार्कीले उमेद्वारी दर्ता गर्नुभएको छ ।

Shreekrishna hardwear in news

कार्कीको प्यानलबाट उपसभापतिमा गंगाबहादुर खत्री र मनोजकुमार कार्की, सचिबमा झलक जिसी र संगिता श्रेष्ठ, सहसचिबमा बिन्दु खत्री र संगमकुमार बिश्वकर्माले मनोनयन दर्ता गर्नुभएको छ । कार्की प्यानलबाट सहसचिबको उमेद्वार बन्नुभएकी खत्री २२ बर्षकी हुनुहुन्छ । १७१ जना मतदाता रहेको बेनी नगरको नेतृत्वका लागी आइतबार ११ बजेदेखि मतदान गर्ने तय भएको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।


काँग्रेसको केन्द्रिय राजनीतिमा देखिएको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहको प्रभाव म्याग्दीको पालिका अधिवेशनमा प्रस्टसँग देखियो । पालिका अधिवेशनसम्म आउँदा आसन्न प्रदेश निर्बाचन क्षेत्र र जिल्ला अधिवेशनको नेतृत्व चयनका लागि देउबा पक्षका वर्तमान जिल्ला सभापति खम्बिर गर्बुजा र पौडेल पक्षका पुर्बसभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

बलबहादुर तिलिजा

अन्नपूर्ण गाउँपालिकाको अधिवेशनबाट सभापतिमा एक मतले गर्बुजा निकट बलबहादुर तिलिजा निर्बाचित हुनुभएको छ । १२८ जना मतदाता मध्य ११७ मत खसेको र दुई मत बदर भएको थियो । ५८ मत ल्याएर सभापतिमा निर्बाचित तिलिजाका प्रतिस्पर्धी बानिया निकट कृष्णप्रसाद बरुवालले ५७ मत पाउनुभयो ।

Bhautik ministry notice about road

उपसभापतिमा राजेश तिलिजा, अर्जुन गुरुङ, सचिबमा टुकबहादुर फगामी, ललिता तिलिजा, सहसचिबमा गोपाल पुर्जा र धनबहादुर पाइजा सर्बसम्मत चयन हुनुभएको छ । दरबाङमा भएको मालिका गाउँपालिकाको अधिवेशनले खिम पुनको सभापतित्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ । उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन, सचिबमा बिरेन्द्र किसान, ताराबहादुर रोका, सहसचिबमा श्यामबहादुर बुढाथोकी र अमृत सापकोटा निर्बाचित हुनुभएको छ ।

बाबियाचौरमा भएको मंगला गाउँपालिकाको अधिवेशनबाट नरसिंहबहादुर खत्रीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत निर्बाचित भएको छ । उपसभापतिमा भागिरथ उपाध्याय र बिलबहादुर पुन, सचिबमा चित्रराज आचार्य र बिरेन्द्र बुढाथोकी, सहसचिबमा नेत्रराज सुबेदी र बिमल सुनार चयन हुनुभएको छ ।

नरसिंहबहादुर खत्री

घट्टेखोलामा भएको अधिवेशनबाट प्रेम पुनको अध्यक्षतामा धवलागिरी गाउँपालिकाको ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको छ । उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिबमा नगेन्द्र मल्ल र देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धीमान शेरपुञ्जा, सहसचिबमा कमल खत्री र रोशन थापा निर्बाचित हुनुभएको छ ।

मौवाफाँटमा भएको रघुगंगा गाउँपालिकाको अधिवेशनबाट पाखापानीका वडा अध्यक्ष समेत रहेका मनकुमार शेरपुञ्जाको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन भएको छ । उपसभापतिमा निरज भण्डारी, केशब छन्त्याल, देउप्रसाद पुन, सचिबमा सीता कुमारी खड्का सुवेदी, मोहन तिलिजा, खिमबहादुर फगामी, सहसचिबमा भिमबहादुर कार्की, रिति थजाली र कोषाध्यक्षमा ओमकुमारी फगामी चयन हुनुभएको छ । विधानमा दुई÷दुई उपसभापति र सचिब रहने प्रावधान रहेपनि स्थानीय सहमती अनुसार तीन÷तीन जना बनाइएको निर्वाचन समितिले जनाएको छ ।


रघुगंगाका सभापति शेरपुञ्जा जिल्ला सभापति गर्बुजा निकट मानिनुहुन्छ । मालिकाका सभापति खिम पुन पनि गर्बुजा पक्षका भएको गर्बुजा निकट एक नेताले बताउनुभयो । धवलागिरीका सभापति प्रेम पुन पारिवारिक हिसाबले बानिया निकट हुनुहुन्छ । खत्री पनि बानियाका पुराना सहयात्री भएकोले बानियालाइनै सहयोग गर्ने बानिया पक्षका नेताहरुको दाबी छ ।
तर सभापति गर्बुजा निकट नेताले पछिल्लो समय धवलागिरी र मंगलाका सभापतिहरु पार्टीको संस्थापन पक्षमा आएकाले गाउँपालिका अधिवेशनबाट गर्बुजा बलियो देखिएको दाबी गरेका छन् । कतिपयले निर्बाचनलाई एउटा नियमित प्रक्रिया मानेपनि यसले आसन्न स्थानीय र संघीय निर्बाचनसम्म असर गर्ने चिन्ता ब्यक्त गरेका छन् । म्याग्दीमा बलियो भएर पहिलो बन्ने दौडमा रहेको काँग्रेसमा सर्बसम्मत नेतृत्व चयन हुन नसक्दा संसदीय तथा पालिका चुनावमा असर पर्ने चिन्ता गरिएको हो ।


अर्कोतर्फ राजनीतिमा आएका नयाँ अनुहारलाई सैद्धान्तिक रुपले प्रशिक्षत गर्दै टिकाईराख्नु म्याग्दी काँग्रेसको थप चुनौति हो । अधिवेशन र मतदानबाट नेतृत्व चयनलाई नियमित प्रक्रिया मानेर म्याग्दी काँग्रेसमा देखिएका दुई समूहबीच सहकार्यको वातावरण बनाउनतर्फ मध्यमार्गी तथा तेस्रो धारका नेताहरुले भूमिका खेल्नुपर्ने तल्लो तहका नेता कार्यकर्ताहरुको अपेक्षा छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...