समाजवादी पार्टीको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चको भेटघाट

Gandaki Ghumau

काठमाडौ । म्याग्दी जन्मथलो भएर हाल काठमाडौमा बस्ने एकिकृत समाजवादी पार्टी निकटहरु आवद्ध म्याग्दी–काठमाडौ सम्पर्क मञ्चको शनिबार भेटघाट कार्यक्रम भएको छ ।
पार्टी कामको शिलसिलामा काठमाडौमा पुगेका जिल्लाका नेतृत्व र काठमाडौमा रहेका एकिकृत समाजवादी पार्टी निकट म्याग्देलीहरुबीच परिचय तथा भेटघाट भएको हो ।

Gunasthariya Shiksya

मञ्चका अध्यक्ष बद्री पुनको अध्यक्षता र नेकपा एकिकृत समाजवादी पार्टी म्याग्दीका सचिब दुर्गा कार्की बानियाको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बिजय गुरुङले केपी ओलीको गलत कार्यशैली र प्रवृति बिरुद्ध बिद्रोह गरेर गठन भएको समाजवादी पार्टीको संगठन बिस्तारमा जोड दिनुभयो ।

याम श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार बिश्वकर्मा, नेता देउप्रसाद छन्त्याल, भरतकुमार श्रेष्ठ, गोबिन्द सुबेदी, पिपुल्ट भोलेन्टियर्स ग्रुपका केन्द्रिय सदस्य तथा पार्टीका पर्वत जिल्ला सदस्य बिज्ञानराज शर्मा लगायतको उपस्थिति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...