नेपाली काँग्रेस धवलागिरीको सभापतिमा प्रेम पुन निर्बाचित

Gandaki Ghumau

बेनी । नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन निर्बाचित हुनुभएको छ ।

घट्टेखोलामा शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिबमा नगेन्द्र मल्ल र देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धीमान शेरपुञ्जा, सहसचिबमा कमल खत्री र रोशन थापा निर्बाचित हुनुभएको छ ।

सभापतिमा निर्बाचित पुन धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ हिलापोखरीका हुनुहुन्छ । युवा नेता पुन यसअघि काँग्रेसको पालिका स्तरीय तदर्थ समितिको पनि अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ । पुनसँग युवा कल्ब र सामाजिक संघ संस्थाको नेतृत्व गरेको अनुभव छ ।

Shreekrishna
Gunasthariya Shiksya

“सर्बसम्मत कार्यसमिति निर्बाचित गराउने जिल्ला देखि वडा तहका नेता र क्षेत्रीय प्रतिनिधीहरुलाई धन्यवाद दिन्छु,” सभापति पुनले भन्नुभयो “धवलागिरीमा काँग्रेसलाई बैचारिक र सांगठनिक हिसाबले सुदृढ बनाउदै सर्वसाधारणको समस्या पहिचान र सम्बोधन गराउन प्राथमिकता दिन्छु ।”

कार्यसमितिको सदस्यहरुमा बलबहादुर छन्त्याल, थमबहादुर पर्टेल, दिलबहादुर पुन, भिमदेवी बुढा, रेवती भण्डारी, चुनदेबी बिक, हिममाया पुन, मनकुमारी जुग्जाली, सपना गर्बुजा, गौरी सुनार, रामदेवी पुन, पार्वति पुर्जा, नरकुमारी बुढाथोकी, सुमन छन्त्याल, चित्र चोचाङ्गी, शेरबहादुर पुन, बिष्णुकुमारी थापा, कुलबहादुर भण्डारी, टेकसिंङ थापा, रसु रसाइली, नच्चरी बिक, रामु हर्मेल, कबहादुर बिक, ऋषिराम सुबेदी, अर्जुन घर्ति, टेकबहादुर गुरुङ्ग लगायत रहुनभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...