यस्ता छन् काँग्रेस जलजलाको सभापतिका दाबेदार पौडेलका एजेण्डा

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसको जलजला गाउँपालिका कार्यसमितिको सभापतिमा मल्लाजका इन्दुप्रकाश पौडेलले उमेद्वारी घोषणा गर्नुभएको छ ।

नेपाली काँग्रेसको राजनीतिमा निरन्तर क्रियाशिल जलजला गाउँपालिका–२ मल्लाज निवासी पौडेलले असोज ९ गते हुने पालिका कार्यसमितिको अधिवेशनमा सभापतिको उमेद्वार घोषणा गर्नुभएको छ ।

पौडेल र उहाँका परिवारको पर्वतको नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखिको योगदान रहेको बताइन्छ । निरन्तर काँग्रेसको राजनीतिमा क्रियाशिल भएपनि अवसर नपाएका पौडेल यसपाली अग्रज, समकालिन र नयाँ पुस्ताका कार्यकर्ताहरको अपेक्षा अनुसार पालिकाको पार्टी नेतृत्वमा अघि सरेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“नेतृत्व भन्दा पनि नीतिगत, सैद्धान्तिक र सांगठनिक हिसाबले जलजलामा काँग्रेसलाई बलियो बनाउन म अघि सरेको हो,” पौडेलले भन्नुभयो “उमेद्वारीसँगै १६ बुदे घोषणा तथा प्रतिवद्धतापनि सार्वजनिक गरेर नेता कार्यकताकहाँ पुगेको छु ।”

जलजला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भिष्म मल्ल र वडा नम्बर ८ नाग्लीबाङका वडा अध्यक्ष हरिबिकास जिसीले पनि पालिकाको पार्टी सभापतिमा उमेद्वारी घोषणा गर्नुभएको छ । अर्को महत्वपूर्ण पद सचिबमा मल्लाजका नबिन जिसी र बाँसखर्कका युवराज अर्मजाले उमेद्वारी घोषणा गर्नुभएको छ ।

सभापतिका दाबेदार पौडेलले सार्वजनिक गर्नुभएका प्रतिवद्धता यस प्रकार छन् ।

१.जलजलामा नेपाली काग्रेसको बैचारिक र साङगठनिक सुदृढीकरण गर्ने ।
२.पार्टिमा युवाको आकर्षण बढाउने ।
३.आसन्न स्थानीय निर्बाचनमा सबै वार्ड र पालिकामा काग्रेसको नेतृत्व स्थापित गर्ने ।
४.गुट्गत राजनीतिलाई निस्तेज पार्ने ।
५.पार्टिका भातृ संगठनलाई चलायमान गराउने ।
६. पार्टिमा आर्थिक स्वच्छता र पारदर्शिता कायम गर्ने ।
७.जिल्ला प्रदेश केन्द्र सग निरन्तर तथा सुमधुर सम्बन्ध कायम गर्ने ।
८. पार्टिमा विधि पद्धति र अनुसासन स्थापित गर्ने ।
९.पार्टिको घुम्ती बैठक सन्चालन गर्ने ।
१०.नेपाली काग्रेस जलजलाको वेभसाइट निर्माण गरि पार्टीका आधिकारिक सुचना गतिबिधी तथा त्रैमासिक प्रगती विवरण सम्प्रेषण गर्ने ।
११. छलफल अन्तरक्रिया, बिचार गोष्ठी सेमिनार साक्षात्कार जस्ता कार्यक्रम सन्चालन गर्ने ।
१२.पार्टीमा सबैको अपनत्व, साख र भरोसा कायम गर्ने ।
१३.पार्टिमा उत्पन्न सम्भाबित फरक मत बिचार सुझाब आदिलाइ खुल्ला बहसमै लगेर समाधान गर्ने ।
१४. बिकसित समसामयिक घटनाक्रममा पार्टिको छलफल र सम्बाद बाट मात्रै स्पस्ट दृस्टिकोण र धारणा बनाउने ।
१५.उत्कृष्ट काम गर्ने वडा समिती र भातृ संगठन लाई प्रोत्साहन तथा पुरस्कृत गर्ने ।
१६.पार्टी पराजित वा पार्टीमा क्षति पुगेमा नैतिकताको आधारमा राजिनामा गर्ने ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...