मालढुङ्गा–बेनी सडक स्तरोन्नति शुरु (भिडियो सहित )

Gandaki Pardesh notice

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति गरेर दुई लेनको बनाउन आयोजना शुरु भएको छ । यो आयोजना सम्पन्न भएपछि आवत–जावत सहज हुने, सास्ती हट्ने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरि दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

मालढुङ्गा–बेनी सडक चिन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरीडोर अन्तरगत पर्छ । २०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले प्रारम्भिक चरणको काम शुरु गरेको सञ्चालक अमृत दाहालले बताउनुभयो ।

Shreekrishna hardwear in news

“हाल पिच सहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रबिधीको कालोपत्रे गर्न लागिएको हो,” उहाँले भन्नुभयो “सडकको डिल र कुनातर्फ पर्खाल निर्माण गर्ने योजना छ ।”

मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोर अन्र्तगत बेनीदेखि कोरल्ला, मालढुंगादेखि बागलुङ्ग र पर्वत दुबै तर्फबाट समानान्तर रुपमा काम भैरहेको छ । बागलुङ र पर्वत मध्य कुन जिल्लाको सडकलाई कोरिडोरमा समावेश गर्ने भन्ने लामो समयदेखिको अन्यौल गत वर्ष हटेपछि पर्बतबाट निर्माण हुन लागेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बताउनुभयो ।

Bhautik ministry notice about road

बि.स. २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत शुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जिर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवत जावत प्रभावित हुने गरेका छन् ।

बर्खामा पहिरोले दैनिकजसो अबरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झञ्जट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको धाइरीङका हरि आचार्यले बताउनुभयो ।


सिंगो म्याग्दी र मुस्ताङ जिल्लाको साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक पर्यटकीय, ब्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...