मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

Gandaki Ghumau


बेनी, मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘इउरोपियन रोलर’ जातको चरा फेटिएको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ ।

एक्यापको जोमसोम स्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताउनुभयो । एक्याप नेपाल सरकारद्धारा मुस्ताङ लगायत गण्डकी प्रदेशका पाँच जिल्लामा बन्यजन्त, पंक्षी, पर्यावरण संरक्षण, पर्यटन प्रर्बद्धन र ब्यवस्थापन गर्न सञ्चालित आयोजना हो ।

“एक्याप लोमान्थाङका कर्मचारी रामबहादुर गुरुङले तीन हजार ७८१ मिटरको उचाईमा गत भदौ १३ गते खिचेको सो चराको तस्बिर चराबिद् डाक्टर हेमसागर बराल र सोम जिसले इउरोपियन रोलर भएको पुष्टि गर्नुभएको हो,” बरालले भन्नुभयो “बिदेशी चराबिद् टिम् इन्स्कीप र क्यारोल इन्स्कीपले पनि यो चरा नेपालको लागि नयाँ भएको प्रमाणित गर्नुभएको छ ।”
गुरुङले केकीघाङमा पहिलो पटक चरा देखेको र तस्बिर खिचेको तीन दिनपछि जाँदा पनि भेटिएको बताउनुभयो । “लोमान्थाङ देखि करिब ८०० मिटर पुर्व खेतको पर्खालमा पहिलो पटक दिउँसो १.११ बजेको समयमा सो चराको तस्बिर खिचेको थिए,” उहाँले भन्नुभयो “दोस्रो पटक भोटे पिपलको रुखमा बसेको तस्बिर बिहान १० बजे खिचेको गुरुङले बताउनुभयो ।”

Shreekrishna
Gunasthariya Shiksya

गुरुङले खिचेको चराको तस्बिर नयाँ देखिएपछि संरक्षण अधिकृत बरालले थप पुष्टिका लागि चराबिदहरुलाई पठाउनुभएको थियो । भँगेरा भन्दा केही ठुलो आकारको इउरोपियन रोलर चराको पखेटा खैरो हुन्छ ।

खुट्टा नेरको भागमा निलो र घाँटी तथा टाउकोमा खैरो र सेता मिसिएको प्वाख हुन्छ । कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्ला समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र यसअघि ५१८ प्रजातिका चराहरु भेटिएका थिए ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने गुरुङले चरामा रुची देखाउनुहुन्छ । उहाँ जहाँ जादा पनि क्यामेरा लिएर हिड्ने क्रममा नयाँ जातको चराको तस्बिर खिच्न सफल हुनुभएको हो । छोजुङ गुम्बामा बैकलिप्क पदमार्ग अध्ययन गर्न स्थानीयबासीसँग जाने क्रममा गुरुङले युरोपियन रोलरको तस्बिर खिच्नुभएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...