सिवाईसी सहकारीको बेनीमा सेवा केन्द्रस्तरीय साधारणसभा

Gandaki Pardesh notice

बेनी । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार बेनी सदस्य सेवा केन्द्र स्तरीय १२ औ साधारणसभा सम्पन्न भएको छ ।

हालसम्म ५१७ जना शेयर सदस्य र १७ जना बाल बचतकर्ता रहेको केन्द्रको कुल पुँजी एक करोड ६० लाख नौ हजार छ सय, निक्षेप सङ्कलन तीन करोड ६६ लाख २१ हजार तीनसय २२ र ३९ लाख २९ हजार सातसय ९९ सय रुपैयाँ ऋण लगानी रहेको छ ।

तरलता एक करोड ७० लाख १७ हजार सातसय १९ र कुल सम्पत्ति छ करोड ७६ लाख ३५ हजार दुईसय २७ रुपैयाँ रहेको सेवा केन्द्रका संयोजक तुलसीनाथ सुवेदी (रामप्रसाद)ले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सेवा केन्द्रस्तरीय साधारण सभाको उद्घाटन गर्दै संस्थाका सल्लाहकार एवं संविधान सभा सदस्य नवराज शर्माले सहकारी संघसंस्थाहरु समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले बैंङ्किङ क्षेत्रसँगै अब सहकारीहरु पनि प्रतिसर््पर्धामा आउनुपर्ने बताउँदै सहकारीले उत्पादनमूलक, व्यावसायिक र लघुउद्यमका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभामा संस्थाका परामर्शदाताद्वय सन्तोष रावल, दिपेन्द्र श्रेष्ठ र शेयर सदस्य देवी जिसीले मन्तव्य राख्नुभएको थियो । साधारणसभामा संस्थाका सचिव मदन सुवेदीले प्रगति र कोषाध्यक्ष माधव आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम बेनी सेवा केन्द्रका संयोजक तुलसीनाथ सुवेदी (रामप्रसाद)को अध्यक्षता, सहससंयोजक भीमबहादुर श्रेष्ठको स्वागत र सचिव मदन सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । सिवाइसीले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारा तय गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...