ब्यवसायी जिबन बिश्वकर्माद्धारा पत्रकार आपतकालित कोषलाई सहयोग

Gandaki Pardesh notice

बेनी । बेनीका ब्यवसायी जिबनकुमार बिश्वकर्माले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको ‘पत्रकार आपतकालिन कोष’लाई आर्थिक सहयोग गर्नुभएको छ ।

Bhautik ministry notice about road

म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य संस्था ब्यवस्थापन समितिका अध्यक्ष बिश्वकर्माले आइतबार कोषका लागि अध्यक्ष प्रकाश पौडेललाई रु. दश हजार हस्तान्तरण गर्नुभयो ।

प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले शाखाले गत जेठमा कोष स्थापना गरेको थियो । ६३ हजार २२२ रुपैयाँ जम्मा भएको कोषबाट दुई जना पत्रकारलाई १५ हजार रुपैयाँ उपलब्ध गराइसकिएको छ । कोषमा हाल ४८ हजार २२२ रुपैयाँ बचत रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...