सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा बानिया

Gandaki Pardesh notice

बेनी । सुनचाँदी ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट अमित बानियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराइली, महासचिवमा कमल बिश्वकर्मा, सचिवमा रामबहादुर बिश्वकर्मा, कोषाध्यक्षमा दिनेश बराल र सह–कोषाध्यक्षमा नारायण प्रसाद सेन्चुरी चयन हुनु भएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा प्रेम बिश्वकर्मा, परमानन्द घमाल, लाल बहादुर बिश्वकर्मा, शंकर बिश्वकर्मा, जित बहादुर बिश्वकर्मा, सन्दिप अधिकारी र तारा बिश्वकर्मा रहनु भएको छ । त्यस्तै आमन्त्रीत सदस्यहरुमा गोबिन घमाल, भानु रामदाम र श्रबण बिश्वकर्मालाई चयन गरिएको छ ।

Shreekrishna hardwear in news

साधारण सभामा बोल्दै प्रमुख अतिथि नेपाल सुनचाँदी ब्यबसायी महासंघ गण्डकी प्रदेशका उप–सभापति जिबन कुमार बिश्वकर्माले सुनचाँदी ब्यबसायीहरुका लागि संघले महत्वपुर्ण भूमिका निभाउदै आएको बताउनुभयो ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघका पुर्व केन्द्रिय सदस्य रामकृष्ण बराईलीले ब्यबसायीहरुले ब्यबसायीक हकहितको सुरक्षा गरि ग्राहकहरुको अधिकार र सन्तुष्टिलाई मध्यनजर गर्दै कारोबार गर्नु पर्ने बताउनुभयो । निर्बतमान अध्यक्ष चन्द्र बहादुर बिश्वकर्माको अध्यक्षता र महासचिव कमल बिश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...