यस्ता छन धवलागिरी गाउँपालिकाले गत आबमा गरेका प्रगति

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा भएका उपलब्धिहरुको बिबरण शनिबार सार्वजनिक गरेको छ ।

मुनामा भएको बाहै गाउँसभामा गत आर्थिक वर्षको समिक्षा भएको हो । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा प्रगति बिबरण सार्वजनिक भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार गत बर्ष निर्माण भएको १३.५ किलोमिटर सहित धवलागिरीमा रहेका ६ वटा स्थानीय सडकको हालसम्म ७० किलोमिटर मार्ग खोल्ने, ४.५ किलोमिटर ग्राभेल र ४८ किलोमिटर सडक नियमित मर्मत भएको छ ।

Shreekrishna hardwear in news

गत वर्ष ५ वटा झोलुङ्गे पुल, पाँच वटा खानेपानी आयोजना र एक वटा स्वास्थ संस्थाको भवन निर्माण भएको छ । पालिकाले हालसम्म १५ वटा झोलुङ्गे पुल बनाएको छ । ९० प्रतिशत घरधुरीमा बिद्युत सुबिधा पुगेको धवलागिरीमा सञ्चालित लघुजलबिद्युत परियोजनाबाट एक हजार किलोवाट बिद्युत उत्पादन भएको र ८० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको सुबिधा पुगेको छ । २८ वटा सामुदायिक बिद्यालय र १२ वटा स्वास्थ्य संस्था सञ्चालन भएका छन् । गत वर्ष सञ्चालित पालिकाको सबै कार्यक्रमबाट १२० श्रमदिन रोजगार सिर्जना भएको छ ।

धारापानीमा स्वास्थ्य चौकी स्थापना र भवन निर्माण, ताकममा पाँच शैयाको अस्पताल निर्माण थालनी, आधारभूत स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउन प्रयोगशाला सञ्चालन, चिकित्सकको ब्यवस्था, कोरोना महामारीका समयमा बैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता र बाढी पहिरो पिडितको राहत, पुननिर्माण र ब्यवस्थापनलाई मुख्य उपलब्धि मानिएको छ ।

Bhautik ministry notice about road

इञ्जिनियर सोबिन जिसीका अनुसार गत वर्ष पालिका स्तरीय ५९ र वडा स्तरीय ८४ वटा योजना मध्य १३४ वटा उपभोक्ता समिति, सात वटा निर्माण ब्यवसायी र दुई वटा अमानतबाट कार्यान्वयन भएका छन् । आठ वटा सामुदायिक, तीन वटा बिद्यालय र दुई वटा स्वास्थ्य संस्थाको भवन निर्माण भएको छ । भौतिक पुर्बाधारतर्फ रु. १२ करोड ४० लाख ७४ हजार ४३५ बिनियोजन भएकोमा रु. दश करोड सात लाख १३ हजार ४४४ खर्च भएको थियो ।

न्यायिक समितिमा परेको एक वटा मात्र उजुरी किनारा लगाइएको छ । लेखा शाखामा सुत्र र एएमएस सफ्टवयरको प्रयोग भएको छ । गाउँसभा र कार्यपालिका अन्तरगतका ६ वटा बिषयगत समितिको ५ वटा बैठक बसेको छ । पालिकामा विभिन्न पदका ५८ वटा कर्मचारीको दरबन्दी भएकोमा ७ जना करार सहित २४ जनाको पदपुर्ति भएको र ३४ वटा पद रिक्त रहेको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ मा रु. २७ लाख २१ हजार बेरुजु फस्यौट गरेको गाउँपालिकाले थप रु. तीन करोड १७ लाख ८९ हजार फस्यौट गर्न बाँकी रहेको जनाएको छ । जस मध्य नियमित गर्नुपर्ने रु. तीन करोड दुई लाख १५ हजार रहेकोमा २६ लाख फस्यौट भएको, २३ लाख १६ हजार पेश्की र १९ लाख ६७ हजार रुपैयाँ असुल उपर गर्नुपर्ने बेरुजु रहेकोमा एक लाख २१ ह्जार फछ्यौट भएको छ । गाउँसभा बेरुजु फस्यौट सम्बन्धी बिषयमा केन्द्रित थियो ।

गत आर्थिक वर्षमा दुई हजार ९४७ जनालाई छ करोड ७७ लाख ९६ हजार ८७९ रुपैयाँ सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । कुल रु. ४२ करोड ३३ लाख ८२ हजार ८२० बजेट बिनियोजन भएकोमा ७७.४६ प्रतिशत अथवा रु. ३२ करोड ७९ लाख ५४ हजार ६२२ खर्च भएको लेखा अधिकृत कृष्ण खरालले बताउनुभाये ।

बिभिन्न शिर्षकमा रु. ६३ लाख ८१ हजार ८९६ आन्तरिक आम्दानी गरेको छ । स्थानीय तह सञ्चालन सम्बन्धी २१ वटा ऐन, २४ वटा निर्देशिका, कार्यबिधी र मापदण्ड बनाएर राजपत्रमा प्रकाशित गरेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

भौगोलिक बिकटता, दरबन्दि अनुसारका कर्मचारीको ब्यवस्था नहुनु, आएका कर्मचारी पनि नटिक्नु, पालिकाको केन्द्र र बैंक एकै ठाउँमा नहुनु, सभाले पारित गरेका योजना तथा कार्यक्रम संसोधन हुने, अनुगमनमा जटिलटा गाउँपालिकाको प्रमुख समस्याका रुपमा औल्याइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...