नेपाली काँग्रेसको बेनी नगर सभापतिमा कार्कीको उमेद्वारी घोषणा

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेस म्याग्दीका युवा नेता रबिन्द्र कार्की (रबी)ले बेनी नगर सभापतिमा उमेद्वारी घोषणा गर्नुभएको छ ।

बेनी नगरपालिका–९ घतान निवासी कार्कीले यही असोज ९ गते तय भएको बेनी नगर अधिवेशनमा सभापति पदमा दावी गर्दै उमेद्वारी घोषणा गर्नुभएको हो ।

Bhautik ministry notice about road

आठ वर्षअघि नेपाली काँग्रेसको क्रियाशिल सदस्य बन्नुभएका कार्की नेपाल तरुण दलको केन्द्रिय पार्षद हुनुहुन्छ । कार्की पेशाले निर्माण ब्यवसायी हुनुहुन्छ । वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधी चयन हुनुभएका कार्की बेनी नगरपालिकाको नेपाली काँग्रेसको नगर सभापतिमा उमेद्वारी घोषणा गर्ने पहिलो बन्नुभएको छ ।

Shreekrishna hardwear in news

सामाजिक सञ्जाल फेसबुकमा उमेद्वारी घोषणा गर्नुभएका कार्कीले बेनी नगरपालिका क्षेत्रमा काँग्रेसलाई थप बलियो, शसक्त र संगठित बनाउन कार्यकर्ताहरुको भावना अनुसार आफु नेतृत्व लिन अघि बढेको बताउनुभयो ।

“सबैको चाहना युवाले नेतृत्व लिनुपर्छ भन्ने देखियो । त्यसैले म अघी बढेको छु,” उहाँले भन्नुभयो “अरुको पनि आकांक्षा हुन सक्छ । मैले सबैलाई मिलाएर सहमतिमै नेतृत्व चयन गर्न पहल गर्छु ।” असोज ९ गते नेपाली काँग्रेसको गाउँ तथा नगरपालिकामा नेतृत्व चयनका लागि अधिवेशन हुदैछ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...