बोधिसम्भा बिहारद्धारा ताकममा स्वास्थ्य सामग्री सहयोग

Gandaki Ghumau

ताकम। काठमाडौको बोधिसम्भा बिहारले धवलागिरी गाउँपालिका–७ स्थित ताकम स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

Gunasthariya Shiksya


स्थानीय अगुवा यामबहादुर हर्मेलले काठमाडौबाट ल्याएको सामग्री एक कार्यक्रमका बीच ताकम स्वास्थ्य चौकीका प्रमुख लोकनाथ पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । कोरोना भाइरस महामारीलाई लक्षित गरेर रु. तीन लाख मूल्य बराबरको सामग्री उपलब्ध गराउनुभएको स्वास्थ्य चौकीले जनाएको छ ।


१० सेट पिपिइ, एन ९५ मास्क १० प्याकेट, ५०० वटा सर्जिकल मास्क, २५ प्याकेट ग्लोब्स, ५० वटा टप, एक थान अक्सिजन कन्सन्टे«टर, अक्सिमिटर, थर्मल गन, फेस शिल्ड, हेयर क्याप, हेण्ड वास, स्यानीटाइजर र फिनेल सहयोग प्राप्त भएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...