काँग्रेस पर्वतको सभापतिमा जलजलाका मल्लको दाबी

Gandaki Ghumau

बेनी । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत आसन्न पर्वत जिल्लाको अधिवेशनमा युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जिल्ला सभापतिमा दाबी गर्नुभएको छ ।

वर्तमान कार्यसमितिका कोषाध्यक्ष समेत रहेका जलजला गाउँपालिकाका अध्यक्ष मल्लले काँग्रेसको जिल्ला सभापतिको आकांक्षीको रुपमा अघि सर्नुभएको छ ।

मल्ल व्यवसायिक र राजनीतिक क्षेत्रमा सफल व्यक्तिका रूपमा चिनिन्छन् । मानव सेवा र सामाजिक विकासमा स्वार्थरहित भएर उनले महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।

Shreekrishna

पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी विरूद्धको अभियानमा समेत अहोरात्र खट्नुका साथै व्यक्तिगत खर्चमै लाखौंको स्वास्थ्य सामग्री खरिद गरि जिल्लाभर वितरण गर्ने मल्ल पर्वतका एक्ला जनप्रतिनिधि हुन् ।

सामाजिक क्षेत्रमा मात्रै नभएर राजनीतिक क्षेत्रमा समेत उहाँको उल्लेख्य योगदान र लगानी छ । नेपाली काँग्रेसको राजनीतिमा उदियमान नेताका रूपमा आफ्नो सशक्त परिचय बनाएका मल्लको राजनीतिक पहुँच पर्वत जिल्लामा मात्रै नभएर प्रदेश र केन्द्रमा समेत छ ।

Gunasthariya Shiksya

काँग्रेसको १४ महाधिवेशनमा जिल्ला नेतृत्वका लागि सभापतिको आकांक्षी बनेका मल्लको उमेदवारी पछिल्लो समय निकै पेचिलो रूपमा अघि बढेपछि केही प्रतिस्पर्धीहरूले राजनीतिमा उनलाई छेक्न उनीविरुद्ध केही भ्रमपूर्ण प्रचारबाजी समेत गरेको पाइएको छ ।

निडर, हक्की र सहयोगी मनका धनी मल्ल कार्यकर्ताको बीचमा असाध्यै लोकप्रिय छन् । सामान्य परिवारबाट राजनीतिमा आएका मल्ल जिल्ला सभापति भएमा पार्टी र संगठनलाई वडातहसम्म बलियो बनाउने र आगामी आम निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने उनको उद्देश्य छ ।

उनले आफू सभापति भएमा आगामी पाँचबर्ष सम्म कुनैपनि लाभको पद नलिने वताउँदै आएका छन् । पार्टीका अग्रज नेताहरूको अनुभव, समकालिन नेताहरूको जाँगर, उत्साह र नयाँ पुस्ताको भरोसालाई समायोजन गरेर गुटरहित र एकतावद्ध काँग्रेस बनाउने मल्लको सपना छ ।

उनी पार्टीको संस्थापन पक्षसँग नजिक भएपनि उनलाई अर्को पक्षको समेत उत्तिकै साथ र सहयोग रहेको बताइन्छ । पार्टीको कोषाध्यक्ष भएर संगठनको अनुभव र गाउँपालिकाको अध्यक्ष भएर जनप्रतिनिधिको अनुभव संगालेका मल्ल काँग्रेस पार्टीको सभापति बनेमा नेपाली काँग्रेसलाई सांगठनिक र राजनीतिक हिसाबले सजिलो हुने उनि निकट नेता कार्यकर्ताले बताएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...