महशुल नतिर्ने उपभोक्ता प्रति म्याग्दी बिद्युत आक्रामक

Gandaki Pardesh notice

बेनी । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले लाइन काटेर बक्यौता महशुल उठाउन थालेको छ ।

तीन महिना भन्दा लामो समयदेखि बिद्युत महशुल नतिरेका ग्रहाक पहिचान गरि लाइन काट्न थालिएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले महशुल ततिरेका ग्रहाकको लाइन काट्ने प्राधिकरणको देशब्यापी अभियानलाई म्याग्दीमा पनि तिब्रताका साथ कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।

आइतबार ७ र सोमबार ११ जनाको लाइन काटेकोमा १५ जनाले तिरेपछि पुन जोडिएको छ । दुई जनाले महशुल तिर्न आनाकानी गरेकाले जोडिएको छैन् । आइतबार लाइन काटिएका उपभोक्ताबाट रु. एक लाख ७७ हजार ३३५ र सोमबार काटिएकाबाट जरिवाना समेत रु. छ लाख ५९ हजार ६७७ महशुल संकलन भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जिल्लाभर तीन महिना भन्दा बढी समय देखि महशुल ततिर्ने ग्रहाकको संख्या ६८६ जना छ । उनिहरुबाट ७४ लाख तीन हजार ५६५ रुपैयाँ महशुल उठाउन बाँकी छ । नियमित महशुल नतिर्ने ग्रहाकहरुको बिबरण केन्द्रिय कार्यालयमा पठाइएको थियो ।

गत आर्थिक बर्षमा छ महिना सम्म महशुल नबुझएका ८७ जनालाइ कालो सुचिमा राख्न प्रक्रिया अघि बढाएको थियो । म्याग्दीमा हाल दैनिक ३४ हजार ३९ युनिटको हाराहारीमा बिद्युत खपत हुने गरेको छ । गत वर्ष म्याग्दीमा बिद्युत उपभोग गरेवापत ग्राहकहरुबाट प्राधिकरणले रु. १० करोड ८२ लाख ६४ हजार ९९५ विद्युत महशुल संकलन गरेको छ ।

तोकिएको समयभित्र महशुल नबुझाउने ५३ जना ग्रहाकको लाइन काटेर रु. २३ लाख ९९ हजार ६८६ रुपैयाँ बक्यौता असुल भएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा थपिएका एक हजार ४१८ घरधुरी सहित एक हजार ४७२ सहित म्याग्दी बितरण केन्द्र अन्तरगत १९ हजार ७३४ बिद्युतका ग्रहाक छन् ।

सबैभन्दा बढी ग्राहस्थ ग्रहाकको संख्या १९ हजार १६ छ । २२४ गैह् ब्यापारिक, १२० ब्यापारिक, २८० आद्योगिक, ४ वटा खानेपानी, १३ वटा सिचाई, एक वटा सडक बत्ति, ६२ वटा मन्दिर, दुई वटा गैह ग्रहास्थ र ९ वटा सामुदायिक उपभोक्ता छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...