लायन्स क्लब अफ बेनी मल्लाजद्धारा रक्तदान

Gandaki Pardesh notice

बेनी । लायन्स क्लब अफ बेनी मल्लाजको आयोजनामा जलजला गाउँपालिका–३ वारीबेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम भएको हो ।
३२ जनाले रक्तदान गरेका क्लबका रिपोटीङ डाइरेक्टर किरण कार्कीले जानकारी दिनुभयो । क्लबका अध्यक्ष बिक्रम सुबेदीको अध्यक्षता र क्लबका प्रमुख सल्लाहकार चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...