आनन्दबगरमा कालीगण्डकीको अबैध दोहन र बालुवा चोरीमा संलग्न समूहद्धारा प्रहरीमाथी हातपात

Shreekrishna hardware

बेनी । बेनी नगरपालिका–१ आनन्दबगरमा कालीगण्डकी नदीमा बालुवाको अबैध उत्खनन् र चोरीमा संलग्नहरुले प्रहरीमाथी हातपात गरेका छन् ।

अबैध नदी दोहनमा प्रयोग भएको स्काभेटर नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्ने तीन जनालाई पक्राउ गरि आइतबार जिल्ला प्रशासन कार्यालयमा अभद्र ब्यवहार मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ ।

पक्राउ पर्नेहरुमा बेनी नगरपालिका–१ आनन्दबगरका ३८ वर्षीय सन्तोष बोगटी, बेनी नगरपालिका –६ का २७ वर्षीय डोलेन्द्र खत्री र सर्लाहीको इश्वरपुर नगरपालिका–९ का ३३ वर्षीय श्यामबाबु चौधरी रहेका प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताउनुभयो ।

Shreekrishna

उनिहरुले शनिबार रातको समयमा कालीगण्डकी नदीमा ठेक्का प्रतिस्पर्धा बिनै बालुवा निकाल्न प्रयोग गरेको ग १ क ४४५६ नम्बरको स्काभेटरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नदी दोहनमा संलग्नहरुले प्रहरी अधिकृतको नेतृत्वमा गएको टोलीलाई अपशब्द प्रयोग र हातपात गरेका प्रनाउ राइले बताउनुभयो ।

Ban devision notice

सो ठाउँमा गत साउनमा पनि ठेक्का सम्झौता बिनै, सर्बोच्च अदालतको आदेश र सरकारको निर्णय बिपरित उत्खनन गरेको बालुवा जफत गरेर लिलामी र उपकरणलाई जरिवाना तिराइएको थियो ।

सर्वोच्च अदालतले गरेको फैसला र सरकारको निर्णय बिपरित अबैध रुपमा कालीगण्डकीबाट बालुवा गरेका छन् । ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँ भन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन् गर्न नपाउने कानुनी ब्यवस्था छ ।

म्याग्दीको मंगला गाउँपालिका–२ मा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । नेवारेखोलामा डुबेर मंगला–२ मिठौलाका ४९ वर्षीय भिमबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले नेवारेखोलाको झरना हेर्न गएका खत्री पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी दिनुभयो । शनिबार ज्यान गुमाएका खत्रीको शव आइतबार बेनी अस्पतालमा परिक्षण गरी आफन्तको जिम्मा लगाएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...