माओवादी शक्तिको एकता र बामपन्थीको सहकार्य आवश्यक– संयोजक जुग्जाली

Gandaki Ghumau

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले माओवादी शक्तिबीच एकता, प्रगतिशिल, बामपन्थी र अग्रगामी शक्तिहरुबीच सहकार्यको आवश्यकता औल्याउनु भएको छ ।

नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको शनिबार दरबाङ भएको बैठकलाई सम्बोधन गर्दै संयोजक जुग्जालीले गणतन्त्र, संघियता, समावेशी ब्यवस्था, संबिधान लगायत राजनीतिक उपलब्धीको रक्षा गर्दै बिकास, शुसासन, समाजिक, आर्थिक रुपान्तरण अहिलेको राजनीतिक कार्यभार रहेको बताउनुभयो ।

“अहिलेको परिवर्तन र राजनीतिक आन्दोलनको उपलब्धिलाई रक्षा गर्न हिजोका माओवादी शक्ति एकिकृत हुन र अग्रगामी बामपन्थि, लोकताक्रिक शक्तिबीच सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो “माओवादी केन्द्रलाई टोलटोलमा पु¥याउन, आगामी स्थानीय तह चुनावको तयारी गर्न जुट्नुहोस ।”

Shreekrishna
Gunasthariya Shiksya

बैठकमा माओवादी प्रवेश गरेका शेरबहादुर पुन, बालकृष्ण हर्मेल, कुशल सिंह ठकुरी, सुजन परियार, राजकुमार नेपाली, बिकास बिक, दिलमाया छन्त्याल, देबबहादुर बिक, प्रकाश मल्ल, दुर्गा रोका लगायत १३ जनालाई स्वागत गरिएको थियो ।

बैठकले असोज ९ गतेसम्म वडै वडा कमिटिको भेला गरेर वडा कमिटि पुर्नगठन, पार्टी सदस्यता नबिकरण र ९ गते वाइसीएलको पालिका सम्मेलन गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिकाका संयोजक गोबिन सिउथानीको अध्यक्षता, दोरण शेरचनको सञ्चालनमा सम्पन्न बैठकमा जिल्ला कमिटि सदस्य गौरी सेञ्चुरीले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...