थामडाडाँमा राजु गुरुङको अध्यक्षतामा माओवादीको टोल कमिटी गठन

Gandaki Ghumau

वाइसीएलको टोल कमिटीको अध्यक्षमा यामबहादुर थापा चयन

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाँमा शनिबार नेकपा माओवादी केन्द्र र उसको भातृ संगठन वाइसीएलको टोल कमिटि गठन भएको छ ।

राजु गुरुङ्गको अध्यक्षतामा माओवादी केन्द्रको २५ सदस्यीय र यामबहादुर थापाको अध्यक्षतामा वाइसीएलको २३ सदस्यीय टोल कमिटि गठन भएको हो ।

Shreekrishna
Gunasthariya Shiksya

माओवादी केन्द्रको टोल कमिटीको सचिबमा नन्दकुमारी गुरुङ, सदस्यहरुमा प्रेमकुमारी गुरुङ, पुर्णकली गुरुङ, सुमित्रा गुरुङ, कोपिला गुरुङ, जमुना गुरुङ लगायत चयन हुनुभएको छ । वाइसीएलको टोल कमिटिका उपाध्यक्षमा मनोज गुरुङ, थमबहादुर गुरुङ सचिब, धनमाया श्रेष्ठ उपसचिब, सकबहादुर गुरुङ कोषाध्यक्ष रहनुभएको छ ।

वाइसीएलका वडा कमिटी अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता, माओवादी केन्द्रको स्थानीय नेता तेजबहादुर बानियाको सञ्चालन र वडा कमिटीका अध्यक्ष अणबहादुर खड्का (भगवान)कोको बिशेष उपस्थितिमा भएको भेलामा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले नेपाल माओवादीको एजेण्डामा चलेको बताउनुभयो ।

“माओवादीको एजेण्डा अनुसार संघीय ब्यवस्था लागू भएपछि पहिले दश÷बीस लाख बजेट आउने ठाउँमा अहिले करोड भन्दा बढी बजेट आएर बिकासले गति लिएको छ,” उहाँले भन्नुभयो “महिला, जनजाती, दलित समुदायलाई बिकासको मुल धारमा ल्याउन समावेशीको एजेण्डा माओवादीको हो ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...