एकल अनलाइन नृत्य प्रतियोगिताको उपाधी खत्रीलाई

Gandaki Kotihome

बेनी । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले हरितालिका तिज पर्बको अवसरमाआयोजना गरेको एकल अनलाइन नृत्य प्रतियोगितामा बागलुङकी जिबिता खत्री बिजयी हुनुभएको छ ।

शुक्रबार बेनीमा भौतिक उपस्थितिमा अन्तिम ५ जनामा छनौट भएका प्रतियोगिहरुबीच भएको फाइनलमा खत्री बिजयी हुनुभएको हो ।

४८ जनाले सहभागिता जनाएको प्रतियोगितामा बागलुङकी कमला थापा दृतीय, म्याग्दी बरंजाकी देबिना घर्ति मगर तृतीय, बेनपा–४ सिंगा र बेनपा–५ खोरगैराकी अस्मिता परियार सान्तवना भएका प्रतियोगिता संयोजक गोकुल सुनारले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

प्रथम, दृतीय, तृतीय र सान्तवना हुनेलाई क्रमश रु. दश हजार, सात हजार, चार हजार र दुई हजार नगद पुरुस्कार, प्रशसापत्र र कप प्रदान गरिएको थियो ।

Annapurna aarohan ko notice
लोक गायिका धनकुमारी थापालाई सम्मान गरिदै । तस्बिर सामाजिक सञ्जाल

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, अग्रज लोक गायिका धनकुमारी थापा, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष देबेन्द्र घिमिरे लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

सो समारोहमा संघले म्याग्दीका अग्रज लोक दोहोरी गायिका धनकुमारी थापालाई सम्मान गरेको थियो । संघका अध्यक्ष बिपिन पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष किसान बिश्वकर्माको स्वागत, महासचिब कमल पौडेल र गोकुल सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

साउन १० गतेदेखि शुरु भएको प्रतियोगितामा सहभागिहरुहरुले नृत्य गरेको भिडियो खिचेर अनलाइनमा पठाएका थिए । अनलाइनमा प्राप्त नृत्यको भिडियो मूल्याङ्कन गरि अन्तिम पाँचमा छनौट भएका प्रतियोगिहरुलाई भौतिक उपस्थितिमा प्रतिस्पर्धा गराइएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...