बेगखोलाले बगाएर बेपत्ता बृद्धको पहिचान

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलाले बेपत्ता भएका बृद्धको तीन दिनपछि पहिचान भएको छ ।

बेगखोलाले बगाएर बेपत्ता भएका व्यक्ति अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षिय सुर्जबिर पुन भएका स्थानीय शिक्षक टकबहादुर पुनले बताउनुभयो । गाउँमा बिक्री गर्नका लागि बेनीमा पाउरोटी किनेर नारच्याङ फर्कने क्रममा शनिबार अपराहन्न बेगखोलाले पुनलाई बगाएर म्याग्दी नदीमा मिसाएको थियो ।

घर नफर्किएको, आफन्तकहाँ पनि नगएको र प्रत्यक्षदर्शीले बताएको हुलियाको आधारमा बेपत्ता भएका ब्यक्ति पुन भएको पहिचान गरि सोमबारदेखि आफन्त र नारच्याङका बासिन्दाले पनि नदी किनारमा खोजी सुरु गरेका छन् । यसअघि प्रहरीले खोजी गरेपनि बेपत्ता पुन भेटिनुभएको छैन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । २०७३ भदौ १७ गतेको रातीको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल सहित बेगखोलामा ११ वटा घर बगाएको थियो । बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुननिर्माण नहुँदा हरेक बर्खा याममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ति र झञ्जट ब्यहोर्नुपरेको छ ।

कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ । पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ । बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ । बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ ।

बेगखोलामा ७० मिटर लामो सडक पुल निर्माण गर्न सडक बिभाग अन्तरगतको पुल महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसीले बताउनुभयो ।

उहाँका अनुसार सडक पुल निर्माण नहुँदा सम्मका लागि पैदलयात्री र मोटरसाइकल आवत जावतलाई सहज बनाउन गण्डकी प्रदेश सरकार अन्तरगतको पुर्बाधार बिकास कार्यालय म्याग्दीले झोलुङ्गे पुल बनाउन ठेक्का प्रस्ताव आव्हान गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...