बेगखोलाले बगाएर पैदलयात्रुलाई बेपत्ता बनायो

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलाले एक जनालाई बगाएर बेपत्ता बनाएको छ ।

रघुगंगा गाउँपालिकाको भगवति देखि तिप्ल्याङ तर्फ जादै गरेका एक जना बृद्धलाई खोला तर्ने क्रममा बाढीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले शनिबार अपराहन्न खोलाले बगाएका ती ब्यक्तिको परिचय नखुलेको र अझै नभेटिएको बताउनुभयो ।

“भारी बोकेर खोला तर्दै गरेका पुरुषलाई खोलाले बगाएर कालीगण्डकीमा मिसाएको प्रत्यक्षदर्शी स्थानीयबासीबाट सूचना आएपछि खोजी गरिरहेका छौ,” उहाँले भन्नुभयो “ति ब्यक्तिको पहिचान खुल्न सकेको छैन् ।”

Shreekrishna

स्थानीयबासीका अनुसार शुक्रबार पनि बेगखोलाको बाढीले खोला तर्ने क्रममा बगाएका एक पैदलयात्रुलाई उद्धार गरिएको थियो । राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका टकबहादुर पुनले बताउनुभयो ।

Gunasthariya Shiksya

२०७३ भदौ १७ गतेको रातीको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल सहित बेगखोलामा ११ वटा घर बगाएको थियो । बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुननिर्माण नहुँदा हरेक बर्खा याममा बेनी–जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ति र झञ्जट ब्यहोर्नुपरेको छ ।

कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ । पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ । बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ । बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ ।

बेगखोलामा ७० मिटर लामो सडक पुल निर्माण गर्न सडक बिभाग अन्तरगतको पुल महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसीले बताउनुभयो ।

उहाँका अनुसार सडक पुल निर्माण नहुँदा सम्मका लागि पैदलयात्री र मोटरसाइकल आवत जावतलाई सहज बनाउन गण्डकी प्रदेश सरकार अन्तरगतको पुर्बाधार बिकास कार्यालय म्याग्दीले झोलुङ्गे पुल बनाउन ठेक्का प्रस्ताव आव्हान गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...