जलजलाको धाइरीङ बाहेकका वडामा काँग्रेसको नेतृत्व चयन

Gandaki Pardesh notice

बेनी । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको धाइरीङ बाहेकका वडामा नेपाली काँग्रेसको वडा कार्यसमिति चयन भएको छ ।

आठ वटा वडामा सर्बसम्मत रुपमा वडा सभापति सहित पदाधाीकारी, सदस्य र अधिवेशन प्रतिनिधी चयन भएका हुन् । वडा नम्बर ७ धाइरीङको सभापतिमा मनोहर आचार्य र मुक्तिराम रिजालले दावी गरेपछि शुक्रबार नेतृत्व चयन हुन सकेन् ।

Bhautik ministry notice about road

बाँसखर्कमा रामबहादुर बरुवाल, मल्लाजको २ नम्बर वडामा खिमबहादुर केसी, ३ नम्बर वडामा चन्द्रबहादुर खत्री, ४ मा मेघनाथ पौडेल र ५ मा याम शर्मा पौडेल वडा सभापतिमा निर्बाचित हुनुभएको छ ।

Shreekrishna hardwear in news

शालिजामा बुद्धीप्रसाद सुबेदी, नाग्लीबाङमा श्रीकृष्ण रेग्मी र बनौमा बलबहादुर पुनको नेतृत्वमा वडा कार्यसमिति चयन भएको नेपाली काँग्रेसका युवा नेता नबिन जिसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...