जलजलाका शर्मा जिल्ला सदस्यमा चयन
बेनी । पर्वतमा बिहिबार मोती पौडेलको संयोजकत्वमा एमाले बिभाजन भएर बनेको नवगठिन नेकपा (एकिकृत समाजवादी)को जिल्ला कमिटि गठन भएको छ ।
कुश्मामा भएको भेलाले पौडेलको संयोजकत्वमा गठन गरेको जिल्ला कमिटिको सदस्यमा जलजला गाउँपालिकाका युवा नेता बिज्ञान शर्मा पनि समेटिनु भएको छ । १५ वर्षसम्म एमाले पर्वतका सचिब भएर काम गरेका पौडेलको नेतृत्वमा एकिकृत समाजवादीको जिल्ला कमिटि घोषणा भएको हो ।
भेलालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य चुडामणी जंगलीले संबिधान, संघीयता, गणतन्त्र बिरोधी केपी ओलीको अंहकार र हठका कारण एमालेमा बिद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको बताउनुभयो । केन्द्रिय सदस्य बिजय गुरुङले एकल र ब्यतिmबाद बिरुद्धको राजनीतिक बिद्रोह भएकाले क्रान्तिकारीहरुलाई यही पार्टीमा गोलवद्ध हुन आव्हान गर्नुभयो ।