म्याग्दीका बिद्यालय सञ्चालन हुन थाले

Gandaki Pardesh notice

बेनी । म्याग्दीका सामुदायिक बिद्यालयले करिब पाँच महिनापछि बिद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन शुरु गरेका छन् ।

कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजार बाहेक ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन् । सरकारले अघि सारेको “स्मार्ट लकडाउन”को अबधारणा अनुसार सामुदायिक बिद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेका जनाएका छन् ।

ग्रामीण विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर बिद्यालय सञ्चालन भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले कोरोना संक्रमणको जोखिम र प्रभावको आधारमा बिद्यालय सञ्चालन गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

कार्यपालिकाको निर्णयअनुसार १० वटा माविसमेत सबै ३७ वटै विद्यालय खुल्ला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर अध्ययन÷अध्यापन सुरु भएकोमा कोरोना देखिएपछि ३ विद्यालय बन्द छन् । ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून छ । मावि तहका विद्यालयमा १५० जनाको हाराहारीमा विद्यार्थी छन् ।

Bhautik ministry notice about road

एउटा कक्षाकोठामा २०–२५ जना बढी विद्यार्थी नभएकाले कोरोना भाइरसको सक्रिय संक्रमण नभएको क्षेत्रमा विद्यालय खोल्न उपयुक्त हुने अभिभावकको तर्क छ । न्यून विद्यार्थी भएको, पातलो बस्ती भएका स्थानका विद्यालय पुरै खुला गरे पनि गाउँपालिका केन्द्र रहेका र अलि बढी विद्यार्थीको चाप भएका विद्यालयले भने विद्यार्थीको जोरबिजोर रोल नम्बरको आधारमा कक्षा सञ्चालन गरेका छन ।
केही विद्यालयले भीड हुने भन्दै बार अनुसार कक्षा चलाएका छन । शिक्षक, विद्यार्थी र समुदायमा संक्रमण देखिए बन्द गर्ने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गराई भौतिक रूपमै विद्यार्थी राखेर पढाइ सुरु गर्न निर्देशन दिएको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

“विद्यालयमा विद्यार्थी संख्या न्यून छ । समुदायमा कोरोना संक्रमण पनि नभएपछि पढाइ किन बन्द गर्ने ?,” उहाँले भन्नुभयो “जोखिमको आकलन गरी व्यवस्थापन समितिले स्कुल खुलाउने भनेका हौं ।’’ सदरमुकाम बेनीका विद्यालयमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी देखिएको छैन ।

गत बैशाख २२ गतेदेखि निषेधाज्ञा भएपछि गाउँका घर फर्केका विद्यार्थी पुनः बिद्यालयको सम्पर्कमा आएका छैनन । केही अभिभावकको बुझाइमा अनलाइन कक्षा शुल्क उठाउने माध्यममात्र भएको छ । तर केही निजी विद्यालयले भने अनौपचारिक पोसाकका विद्यार्थी बोलाएर पढाउन थालेका छन् ।

‘‘हामीले भर्चुअलबाट अनलाइन पढाइ गरेका छौं । तर अनलाइन कक्षा भौतिक कक्षाको तुलनामा कम प्रभावकारी देखिएको छ । हाम्रो विद्यालयमा बहुसमुदायबाट विद्यार्थी आउने भएकोले तत्काल भौतिक रूपमा खुल्ने अवस्था छैन,’’ प्रकाश माविका प्रअ हरिकृष्ण सुवेदीले भन्नुभयो ‘‘अनलाइन कक्षालाई सकेसम्म प्रभावकारी बनाउने प्रयासमा छौं ।’’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...