वडा अधिवेशनको अन्तिम तयारीमा म्याग्दी काँग्रेस

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीमा नेपाली कांग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको तिथि नजिकिँदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली कांग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार यही भदौं १८ गते वडा तहको अधिवेशन हुँदैछ । एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र, ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा नयाँ नेतृत्व पाउने भएकाले यतिबेला म्याग्दी कांग्रेसका नेता तथा कार्यकर्ता उत्साही देखिएका छन् ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार देशभरका सबै वडामा यही भदौ १८ मा कांग्रेसको नेतृत्व चुनिनेछन् । वडामा चुनिने नेतृत्वसँगै पालिका, प्रदेश र जिल्ला अधिवेशनमा भाग लिन पाउने प्रतिनिधिसमेत छनोट हुने भएकाले जिल्लाको नेतृत्वदायी पदमा आकांक्षी देखिएका नेतासमेत आन्तरिक बैठक, छलफल र भेलामा जुटेका छन् ।

Shreekrishna

पार्टी केन्द्रले म्याग्दीमा तोकिएका जिल्ला मुख्य निर्वाचन अधिकृत नीरञ्जनराज भण्डारी निर्वाचन सामग्रीसहित जिल्लामा आएर आवश्यक तयारी सुरु गर्नुभएको छ । म्याग्दी कांग्रेसले वडा अधिवेशनको निर्वाचनका लागि नेपाल शिक्षक सङ्घमा आवद्ध शिक्षकलाई परिचालन गर्ने निर्णय गरेको र सोही बमोजिम वडावडामा तयारी सुरु भइसकेको जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले जानकारी दिए ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

‘‘पार्टीको तर्फबाट सम्बन्धित तहका नेता, कार्यकर्तालाई जानकारी गराउने काम भइसकेको छ, पार्टी केन्द्रबाट क्रियाशील सदस्यता टुङुगिएर आइसकेको छ, मुख्य निर्वाचन अधिकृतले वडामा परिचालन हुने शिक्षकलाई आवश्यक प्रशिक्षण र सहजीकरण गरेपछि आवश्यक सामग्रीसहित सबै वडामा निर्वाचन टोली परिचालन हुन्छन्’’– उनले भने ।

जिल्ला बाहिर रहेका पार्टीका नेतासमेत वडा अधिवेशनका लागि गाउँ फर्किएपछि चलहपहलसमेत बढेको छ । वडा तहमा निर्वाचन अधिकृतको टुङ्गो लगाइसकिएको र उनीहरुलाई पार्टीको जिल्ला नेतृत्व र निर्वाचन अधिकृतमार्फत आवश्यक निर्देशनसहित निर्वाचन सामाग्रीसहित परिचालनको तयारी भएको पार्टीका जिल्ला सहसचिव भरतबहादुर रकालले जानकारी दिए ।

म्याग्दीमा वडा अधिवेशनमा कूल दुई हजार ८३९ जनाले भाग लिन पाउने छन् । पार्टी केन्द्रले सार्वजनिक गरेको क्रियाशील सदस्यको विवरण अनुसार, म्याग्दी कांग्रेसमा पुराना नवीकरण भएका एक हजार ८४ र नयाँ थप भएका एक हजार ७५५ जना क्रियाशील सदस्यले मात्रै वडामा उम्मेदवार र नेतृत्व चयनमा मतदानको अधिकार पाउने जिल्ला पार्टी प्रवक्ता अजयमिलन श्रेष्ठले बताए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...