बेनी देखि बागलुङ, जोमसोम र दरबाङ जोड्ने सडक अवरुद्ध

Gandaki Pardesh notice

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीका मुख्य तीन वटा सहित अधिकांश ग्रामिण सडक अबरुद्ध भएका छन् ।

बर्षातसँगैको पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अबरुद्ध भएका हुन् । तीन वटै सडकलाई म्याग्दीको लाइफलाइन मानिन्छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जिल्ला जोड्ने बेनी–जोमसोम सडक अन्नपूर्ण गाउँपालिकाको ३ ठाउँमा खसेको पहिरोले अबरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङका अनुसार अन्नपूर्ण गाउँपालिका–३ गुइठे, रुप्से र काभ्रेभिरमा खसेको पहिरोले ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक घुमाउने र बाङ्गेपहिरोमा अवरुद्ध छ । दुबै ठाउँमा पहिरो खसेर २४ किलोमिटर दुरीको यो सडकमा आवत जावत बन्द भएको छ ।

बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौर हुँदै छिमेकी जिल्ला बागलुङ जोड्ने बेनी–बागलुङ सडक भसभसेको पहिरोले अवरुद्ध बनेको छ । ढुङ्गा, लेदो र हिलोका कारण विभिन्न ठाउँमा सवारी साधन फसेका छन् ।

सडक अवरुद्ध हुँदा आवत जावत, निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी तथा ग्रामिण क्षेत्रका कृषकले उत्पादन गरेको आलु लगायतका कृषि उपज निकासीमा समस्या भएको छ । सम्बन्धित पालिका, प्रहरी, बेनी–जोमसोम–कोरला सडक आयोजना र पुर्बाधार बिकास कार्यालयले अवरुद्ध सडक मर्मत गरि खुलाउने प्रयास गरेपनि बर्षा नरोकिएकाले सफल भएको छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...