म्याग्दीका युवाले पोखरामा खोले प्रो–गल्फको आधिकारिक डिलर

Gandaki Pardesh notice

बेनी । पोखराको चाउथेमा प्रो–गल्फ कम्पनीले उत्पादन गरेका निर्माण र मेसिनरी उपकरणका लागि आवश्यक पर्ने लुब्रिकेन्ट्सको आधिकारिक डिलर सञ्चालन भएको छ ।

धवलागिरी गाउँपालिका–७ काफलडाडाका रेशम शर्माले स्थापना गरेको कालिगण्डकी ल्युब टे«डर्सले गण्डकी प्रदेशको डिलरका रुपमा प्रो–गल्फ कम्पनीका उत्पादन बिक्री सुरु गरेको हो । गण्डकी प्रदेशका निर्माण, हेभी इक्युभमेन्ट, यातायात ब्यवसायी र जलबिद्युत आयोजनाहरुलाई लक्षित गरेर पोखरामा डिलर खोलेको शर्माले बताउनुभयो ।

Bhautik ministry notice about road

काठमाडौमा रहेको प्रो–गल्फले नेपालमा युएईमा उत्पादन भएका सामग्री आयात गर्छ । मोटरसाइकल, क्रसर उद्योग, गाडी, स्काभेटर, ब्याकुहोलोडर, ट्रक लगायत अटोमोवाइल्सका प्रयोग हुने प्रो–गल्फ कम्पनीले उत्पादन गरेको लुब्रिकेन्ट्स र इन्जिन आयल गण्डकी प्रदेशभर बिक्री गरिने सञ्चालक शर्माले बताउनुभयो ।

Shreekrishna hardwear in news

“गियर आयल र जलबिद्युत आयोजनाका टर्वाइन ओपन सम्म गराउन सकिन्छ,” उहाँले भन्नुभयो “हाइड्रोलिकको आयल, ग्रिस, मल्टी प्रपोज एमपी थ्रि, पिडी टु उपलब्ध छ ।” शर्माले युएईमा दुई बर्षसम्म यही लुब्रिकेन्ट्स उत्पादन गर्ने कम्पनीमा ल्याब सुपरभाइजरको रुपमा काम गर्नुभएको थियो । स्वदेश फर्किएपछि बिदेशको अनुभवबाट सिकेर आफ्नै ब्यवसाय सञ्चालन गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...