म्याग्दी क्याम्पसको दश जोड दुई तहमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन

Gandaki Pardesh notice

बेनी । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले दश जोड दुई तहमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन सञ्चालन गर्न थालेको छ ।

विश्व बिद्यालय अनुदान आयोगबाट गत वर्ष अन्तराष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए) पाएको क्याम्पसले यस वर्षदेखि नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ मा अंग्रेजी माध्यमबाट पनि पठनपाठन शुरु गराएको जनाएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीका अनुसार यसअघि दश जोड दुई तहमा नेपाली माध्यमबाट पठनपाठन हुने गरेको थियो । स्नातक तहमा अपनाइएको दुबै माध्यमबाट पठनपाठन गराउँदा प्रभावकारी बनेपछि दश जोड दुईमा पनि सोही माध्यम अपनाइएको अध्यक्ष सुबेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

क्युएए प्रमाणपत्र प्राप्त गर्दा पेश गरेको शैक्षिक सुधारको कार्ययोजना अनुसार गत फागुनमा प्रवेश परिक्षा लिएर स्नातक तहमा बिद्यार्थी भर्ना गरेको थियो । कक्षा ११ देखि स्नातकोत्तर तह सम्म पठनपाठन हुने क्यापसमा हाल एक हजार जना भन्दा बढी बिद्यार्थी छन् ।

Bhautik ministry notice about road

दश जोड दुई र स्नातक तहमा शिक्षा, ब्यवस्थापन र मानविकी संकायको साथै ब्यवस्थापन संकायमा स्नाकोत्तर तहको पढाई हुन्छ । स्नातकोत्तर तहमा शिक्षा तर्फ अंग्रेजी, इपिएम, मानविकी तर्फ समाजशास्त्र÷नेपाली, स्नातक तहमा बिबिए, बिएसडब्लु कार्यक्रम सञ्चालन गर्न त्रिभुवन विश्वबिद्यालयमा अनुमति मागिएको क्याम्पस प्रमुख गोरख जिसीले बताउनुभयो ।

वर्षमा तीन पटक आन्तरिक परिक्षा लिन थालिएपछि स्नातक तहमा बिद्यार्थी उतिर्णदर बढेको छ । गत वर्ष २२ प्रतिशत रहेको उतिर्णदर बढेर यसपाली ३४ प्रतिशत पुगेको छ । ए प्लस ग्रेड ल्याएका बिद्यार्थीलाई स्नातक तहमा निशूल्क भर्ना गर्ने क्याम्पसले कुल बिद्यार्थी संख्याको दश प्रतिशतलाई आन्तरिक स्रोतबाट छात्रवृत्ति सुबिधा दिदै आएको छ ।

क्याम्पसको छात्रावासमा १८ जना छात्र र ३२ जना छात्राले आवास सुबिधा पाएका छन् । भौतिक तर्फ कक्षा कोठाको सुधार गरेर २०० जना बिद्यार्थीलाई नयाँ डेक्स बेञ्चको ब्यवस्था गरिएको, ३२ वटा कम्प्युटर खरिद गरेर ल्याब स्थापना गर्न फर्निचर जडान भैरहेको, बेनी नगरपालिका मार्फत मञ्च र स्थानीय पुर्बाधार साझेदारी कार्यक्रमबाट छात्रा छात्रावास भवनको तला थप भएको छ ।

शैक्षिक सुधारका लागि शिक्षक कर्मचारीको स्वःमूल्याङ्कन, आन्तरिक परिक्षा, अनुसन्धान संस्कृतिमा जोड, कर्मचारीलाई सफ्टवयर तालिम र एलएमएस सिकाई ब्यवस्थापन प्रणालीमा जोड दिइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...