दिदीबहिनी सहकारीद्धारा सहयोग

Gandaki Ghumau

बेनी । बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले मठ्ठीदान अभियानबाट विभिन्न ब्यक्ति र संस्थालाई रु. साठी हजार भन्दा बढी सहयोग गरेको छ ।

Gunasthariya Shiksya

आगोलागीबाट पसल क्षति पुगेका शेयर सदस्य, ब्यवसायी, क्यान्सरपिडित किशोरीको उपचार र ब्रह्मकुमारी इश्वरीय बिद्यालयको भवन निर्माणका लागि सहयोग गरेको हो । शेयर सदस्यहरुबाट मुठ्ठीदान कार्यक्रम मार्फत सहयोग जुटाएर सम्बन्धित ब्यक्ति तथा संस्थालाई उपलब्ध गराएको अध्यक्ष ज्योती लामिछानेले बताउनुभयो ।

साउन २६ गते न्युरोडमा भएको आगोलागीबाट पसल क्षति भएको नयन स्टोर्सका सञ्चालक शेयर सदस्य निर्मला शर्मालाई रु. २२ हजार २२२, रघुगंगा डेरीका सञ्चालक रुपमा शर्मालाई रु. ११ हजार १११, बह्मकुमारी ईश्वरीय बिद्यालयको भवन निर्माणका लागि रु. १७ हजार ७९१ र आन्द्राको क्यासरबाट थलिएकी पत्रकार धु्रबसागर शर्माकी छोरी बिनिताको उपचारका लागि रु. ११ हजार १११ रुपैयाँ उपलब्ध गराएको अध्यक्ष लामिछानेले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...