गुर्जामा ब्यवसायिक अतिस खेती

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा अतिस जातको जडिवुटीको ब्यवसायिक खेती शुरु भएको छ ।

हिमाली कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले सामुहिक रुपमा शनिबार दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका हुन् । समूहका अध्यक्ष गोर्खा छन्त्यालले २५ जनाले श्रमदान गरेर अतिसका बिरुवा रोपेका बताउनुभयो ।

टिउथिबा सामुदायिक वन उपभोक्ता समूहको दुई हेक्टर भन्दा बढी खाली पाखो जग्गा भाडामा लिएर गत बर्ष ७ हजार विरुवा बिसजरा जडिबुटी रोपेका थिए । समूहले बाँझिएको जग्गालाई खनजोत गरी अतिस र बिसजराको साथै सतुवाका बिरुवा रोपेको छ ।

Shreekrishna hardwear in news

बजारमा अतिसको माग उच्च छ । गुर्जाको भूगोल र हावापानी अतिस खेतीका लागि अनुकुल छ । गाउँमै बिरुवा उत्पादन गरेर अतिस खेती गरेका हुन् । समुन्द्रि सतहदेखि तीन हजार २०० देखि तीन हजार ७०० मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ ।

Bhautik ministry notice about road

यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाई, उत्तेजना नहुने, जुका जस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्दतिको रुपमा अतिस प्रयोग हुन्छ । गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले बाँझिएको जग्गालाई उपयोग गरि आयआर्जन बृद्धि र रोजगार सिर्जना गर्ने उदेश्यले जडीबुटीको व्यावसायिक खेतीलाई प्राथमिकता दिएको बताउनुभयो ।

‘‘यहाँ जडीबुटीको प्रशस्त सम्भावना छ,” उहाँले भन्नुभयो “जडीबुटी खेतीबाट निकट भबिष्यमा जनताले प्रतिफल र लाभ पाउनेछन् ।’’ समूहले गुर्जामा जिल्लामै पहिलो पटक स्याउको ब्यवसायिक खेती भएको छ ।

गाउँपालिका र कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोगमा उच्च घनत्वको स्याउ खेती गरेका हुन् । इटलीबाट उच्च घनत्व जातका स्याउका ८४८ वटा कलमी बिरुवा ल्याएर नाइलीबाङको १० रोपनी जमिनमा खेति गरिएको हो ।

गुर्जामा स्याउ खेतीका लागि गत वर्ष कृषि ज्ञान केन्द्रले रु. एक लाख पचास हजार र धवलागिरी गाउँपालिकाले रु. पाँच लाख बिनियोजन गरेका थिए । छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतिप्रति कृषकको आकर्षण बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...