बेनीका नेवार समुदायले पितृ सम्झिए

Gandaki Pardesh notice

बेनी । म्याग्दीको नेवार समुदायले आइतबार पछिल्लो एक वर्षयता दिवंगत भएका आफ्ना पितृहरुको सम्झना गरेका छन् ।

बेनीको लक्ष्मिनारायण मन्दिर परिसरमा पितृगणको सम्झनामा गाईको रुप धारण गरेको तायमचा सेपारु र नागानागिनी नाच देखाएका थिए ।

मृतकको घर अगाडी पुगेर सापारु र नागानागिनी देखाउने चलन छ । यस वर्ष कोरोनाको जोखिमका कारण नेपाल भाषा मंका खल म्याग्दीको आयोजनामा लक्ष्मिनारायण मन्दिर परिसरमा तायमचा र नागानागिनी नाच देखाइएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बर्ष दिनभित्र दिवंगत आफन्तको सम्झनामा सापारु पर्व मनाउने गर्छन् । पछिल्लो वर्षमा म्याग्दीका नेवार समुदायका १५ जनाको निधन भएको थियो । बेनीका नेवार समुदायले बर्खेनाच अन्तरगत नागानागिनी नाच प्रस्तुत गर्दछन् । यो उनिहरुको मौलिक नृत्य हो ।

बर्खेनाच १०० वर्षयता गठेमङ्गल पर्व मनाएपछि करिब एक महिनासम्म निरन्तर देखाउने गरिएकोमा पछिल्लो दुई वर्षमा कोरोनाले प्रभावित बनायो । बर्खे नाचका क्रममा लाखे, घोडा, नागा नागिनी, बास्सा, जोगी, थियटर (धानको बाला)लगायतका सांस्कृतिक महत्वका नृत्यहरू प्रर्दशन गर्ने चलन छ ।

अहिलेको भन्दा तीन पुस्ता अघिदेखि बेनीका नेवार समुदायले हरेक वर्ष निरन्तर बर्खे नाच देखाउँदै आएको भाषा मंका खल अन्तरगतको ल्यामःपुचका अध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो । परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्र प्रर्दशनलाई बर्खेनाचमा देखाउने गरिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...