म्याग्दीका तालतलैयामा जनैपुर्णिमा मेला

Gandaki Ghumau

बेनी । म्याग्दीका विभिन्न ठाउँमा रहेका तालतलैयाहरुमा आइतबार जनैपूर्णीमा पर्वको अवसरमा पुजाआजा भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको खयरभारानी, कान्छिबाराही, प्यारीबाराही, नागीबाराही, कालीबराह, रघुगंगाको रिखार र नौलीबराह तालमा कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पुजाआजा भएको हो ।

ताल भएका र छिमेकी गाउँका बासिन्दाहरु पुजाआजाका लागि पुगेका थिए । पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण न्युन संख्यामा भक्तजनको उपस्थितिमा पुजाआजा भएको छ ।

Shreekrishna
Gunasthariya Shiksya
रघुगंगा गाउँपाकिलाको भगवति स्थित नौलीबराह ताल । तस्बिर धौलागिरी खबर


अन्नपूर्ण हिमालको दक्षिणी मोहोदाको फेदीमा समुन्द्रि सतहदेखि चार हजार ६६० मिटरको उचाइमा रहेको खयर भारानी तालमा विगतका भन्दा कम भक्तजनको उपस्थितिमा पुजा सञ्चालन भएको सहभागिले जानकारी दिएका छन् । तीन सय भन्दा बढी भक्तजन पुगेका थिए ।

जनै पूर्णीमाका दिन म्याग्दीका तालतलैयामा रहेको थानमा दर्शन, पुजाआजा र भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । रिखार र खयरबाराहीको दर्शनका लागि दुई दिनको उकालो पैदलयात्रा गरेर भक्तजनहरु त्यहाँ पुगेका थिए । भाकल गरेको पुरा भएमा त्यहाँ गएर पुजाआजा गर्ने र बली चढाउने चलन छ ।

खयरबाराहीको साथै म्याग्दीको राम्चे स्थित नांगीबाराही, हिस्तानको प्यारी बाराही, शिखको कान्छि बाराही लगायतका तलाउहरुमा पनि जनैपूर्णीमाको अवसरमा पुजाआजा गरिएको छ । कोरोना महामारी फैलिन नदिन भक्तजनलाई मास्क, स्यानीटाइजरको प्रयोग अनिबार्य गराउनुका साथै भिड हुन नदिएको पुजा ब्यवस्थापन समितिहरुले जनाएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...