मंगले र अपर राहुघाट प्रशारण लाइन निर्माणको तयारीमा

Shreekrishna hardware

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन मंगले र अपर (माथिल्लो) राहुघाट जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय ग्रिडमा जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएको छ ।

दुई वटै आयोजनाको प्रर्वद्धक तुँदी पावर कम्पनीले राहुघाट सबस्टेशन देखि चिमखोलासम्म २०० केभी क्षमताको १३ किलोमिटर दुरीको प्रशारण लाइन बनाउन परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाई गरेको छ ।

मौवाफाँटमा बिहिबार भएको कार्यक्रममा परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सोलुसन प्रा.ली.का शंकर बस्यालले वातावरणीय परिक्षण सम्बन्धी मस्यौदा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Shreekrishna

३५ मेगावाट क्षमताको मंगले राहुघाटको बिद्युतगृहबाट ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाटको स्वीचार्ड हुदै पिप्लेको अम्बाङमा निर्माणाधिन राहुघाट सबस्टेशन सम्म डबल सर्किट प्रशारण लाइन बनाउन रघुगंगाको ३, ४, ५ र ७ नम्बर वडामा क्रमश ः १३, ३, ३ र ६ र १४ वटा टावर निर्माण गरिने उहाँले बताउनुभयो ।

२४ महिनामा निर्माण सम्पन्न गर्ने प्रशारण लाइन बनाउन रु. २८ करोड लगानी हुने र वातावरणीय प्रभाव न्युनीकरण तथा सामुदायिक सहयोग कार्यक्रमका लागि रु. ६५ लाख प्रस्ताव गरिएको छ । आयोजनाका प्रतिनिधी उपेन्द्र गौतमले सामुदायिक सहयोग कार्यक्रमको बजेट गाउँपालिकाले सिफारिस गरेका प्रभावित वडाका योजना तथा कार्यक्रममा खर्च गरिने बताउनुभयो ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले राहुघाट र आसपासका नदीहरुमा निर्माणाधिन अन्य आयोजनाहरुसँग पनि साझेदारी गरी कम लागतमा सबैले बिद्युत आपुर्ति गर्न मिल्ने गरी प्रशारण लाइन बनाउन सुझाव दिनुभयो ।

उपाध्यक्ष कमला तिलिजाले प्रभावित क्षेत्रका बासिन्दा, जनप्रतिनिधी र सरोकारवालाहरुलाई कुरा बुझाएर स्पष्ट बनाई काम सुरु गरेमा बिवाद नआउने तथा आइहाले पनि समाधान गर्न सहज हुने बताउनुभयो । प्रभावितलाई सेयर लगानीमा प्राथमिकता दिन आग्रह गर्नुभयो ।

पिप्लेका वडा अध्यक्ष जिबनकुमार मल्लले मानब बस्ती, खेतीयोग्य जमिनलाई असर नपर्ने गरि पहिरो, भुक्षय रोकथामको उपाय अपनाएर समन्वय गरेर काम गर्न, जग्गाधनीलाई उचित मुआब्जाको ब्यवस्था तथा प्रभावितलाई रोजगारीको ब्यवस्था मिलाउन सुझाव दिनुभयो ।

Ban devision notice

कार्यक्रमको सञ्चालन इनर्जी रिर्सोसेस एण्ड सोलुसनका रामकुमार खड्काले गर्नुभएको थियो । बन्दीमा बाँध निर्माणाधिन रहेको राहुघाट मंगले जलबिद्युत आयोजनाको दुई वटा अडिटबाट ४०० मिटर सुरुङ निर्माण सकिएको छ ।

चिमखोलाको मलाङमा बिद्युतगृह रहने मंगले राहुघाटको सुरुङ पाँच किलोमिटर छ । कम्पनीका इञ्जिनियर नरोत्तम कार्कीले गत मंसिर महिनादेखि सुरुङ खन्न थालिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

दग्नामको अजिंगर भिरदेखि बन्दीसम्म ७ किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले चिमखोला स्थित बगरखोला माथि ३० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आवत–जावत सहज भएको छ । घ्याँसीखर्कमा अर्को बेलिब्रिज बनाउने तयारी गरेको इञ्जिनियर कार्कीले बताउनुभयो ।

कुल लागत रु. पाँच अरब ९२ करोड लागत अनुमान गरिएको मंगले राहुघाटको आउटलेट देखि १५० मिटर तल पानी बिद्युतगृहमा खसालेर बिद्युत उत्पादन गरिनेछ् । मलाङमा बिद्युतगृह निर्माण गर्न जग्गा ब्यवस्थापन गरिएको छ । आयोजना निर्माणमा आवश्यक बिस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगंगा–७ चिमखोलामा नेपाली सेनाको क्याम्प स्थापना भएको छ ।

अपर राहुघाटको बिद्युतगृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलबिद्युत आयोजनाको बाँध देखि ५०० मिटर माथि बिद्युतगृह बनाउने गरि अर्को माथिल्लो राहुघाट जलबिद्युत आयोजनाको पनि प्रारम्भिक चरणको काम सुरु भएको छ ।

बिद्युतगृह र अडिट निर्माण स्थल पुग्ने २०० मिटर सडक निर्माण बाँकी छ । बिद्युतगृह निर्माण स्थल नजिकै राहुघाट नदीमाथि ६९ मिटर लामो बेलिब्रिज निर्माण भएको छ । बिस्फोटक पदार्थको प्रयोग गरेर अडित १ को सुरुङ निर्माण थालिएको छ ।

कुइनेमंगलेमा राहुघाट नदीको सहायक ठुलोखोलामा २१.३ मेगावाट क्षमताको ठुलोखोला जलबिद्युत आयोजना निर्माणका लागि संयुक्त उर्जा प्रा.लीले अनुमति लिएको छ । ठूलोखोलाको पनि बाँध निर्माण स्थलसम्म पहुँचमार्ग निर्माण भइसकेको छ ।

राहुघाट नदीमै नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ३० प्रतिशत पुर्बाधार निर्माण सकिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...