नगेन्द्र केसीको अध्यक्षतामा म्याग्दीमा तेक्वान्दो संघ गठन

Gandaki Pardesh notice

बेनी । म्याग्दी तेक्वान्दो संघको सोमबार बेनीमा सम्पन्न प्रथम सम्मेलनबाट नगेन्द्र केसीको अध्यक्षतामा कार्यसमिति गठन भएको छ ।

संघको उपाध्यक्षमा भोजबहादुर थापा, सचिबमा लक्ष्मण शर्मा, कोषाध्यक्षमा सनम बानिया र सहसचिवमा हेमन्त थापा चयन हुनुभएको छ । सदस्यहरुमा लालबहादुर बिक, सन्तोष गौतम, दुधकुमारी गर्बुजा, भुवन बुढाथोकी (भुपेन्द्र), सुरेन्द्र बर्देवा, सिमा बुढामगर, रश्मी श्रेष्ठ, बिनोद प्रधान र बिजय किसान रहनुभएको छ ।

कर्ण प्रधान, राजु केसी र रमेश श्रेष्ठलाई सल्लाहकारमा चयन गरिएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरेश्वर पोखरलेले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालले धेरै पदक ल्याउने खेल तेक्वान्दो भएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

संघको गण्डकी प्रदेश अध्यक्ष जगनबहादुर गुरुङ र महासचिब रमेश पौडेलले आधिकारिक तेक्वान्दो संघ यहिनै भएकाले भ्रममा नपर्न अनुरोध गर्दै पोखरामा हुने आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन तयारी गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसी, पुर्व अध्यक्ष रमेशकुमार श्रेष्ठ, लोकतान्तिक खेलकुद स.घका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, ब्यवसायी तथा राजनीतिकर्मी बिमला गौचनले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नगेन्द्र केसीको अध्यक्षता र लक्ष्मण शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सनम बानियाले स्वागत गर्नुभएको थियो । संघका नबनिर्वाचित अध्यक्ष केसीले म्याग्दीमा तेक्वान्दो खेलको बिकासका लागि खेलाडीहरुलाई प्रशिक्षण लगायत प्रोत्साहनमुलक कार्यक्रममा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...