प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्धारा एक करोड अनुदान

Gandaki Kotihome

बेनी । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई म्याग्दीले बंगुरपालन र सुन्तला खेती गरेका कृषकहरुलाई रु. एक करोड भन्दा बढी अनुदान बितरण गरेको छ ।

सुन्तला र बंगुरको ब्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागु भएका ठाउँका कृषकहरुलाई कृषि उपकरण, साना सिचाई, नर्सरी स्थापना, गोठ सुधार, क्षमता बिस्तारका लागि कुल लागतको ५० देखि ८५ प्रतिशत सम्म अनुदान दिएको हो । परियोजना कार्यान्वयन इकाई म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा सुन्तला जोन मार्फत रु. ६६ लाख १० हजार ७८६ र बंगुर जोन मार्फत रु. ३६ लाख ५६ हजार ८०९ अनुदान बितरण गरेको जनाएको छ ।

कृषि अधिकृत बिक्रम बस्यालले सुन्तला जोन मार्फत रु. तीन लाख २५ हजार ५०० खर्च गरेर ५० प्रतिशत अनुदानमा २० हजार ७०० बिरुवा बितरण गरेर एक हजार ३८० रोपनीमा सुन्तला खेती बिस्तार गरिएको जानकारी दिनुभयो । कृषि यान्त्रिकरण सहयोग कार्यक्रम अन्तरगत ४० वटा मिनिटेलर, दुई वटा ग्रासकटर, २ वटा ह्याण्ड स्प्रेयर, २६ वटा पावर स्पेयर, ५६ वटा सिकेचर, ५६ वटा प्रुनिङ सअ र १७ वटा डिजिटल काँटा खरिद गर्न ५० प्रतिशतका दरले रु. १२ लाख ५७ हजार ४११ अनुदान उपलब्ध गराइएको छ ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

८५ प्रतिशतका दरले कुल रु. ५८ हजार ९४९ अनुदान सहयोगमा तीन वटा गोठ सुधार, ८५ प्रतिशतका दरले रु. २७ लाख ८० हजार ९३४ सहयोगमा २१ वटा सिचाई आयोजना, ७५ प्रतिशतका दरले रु. ७१ लाख ४१हजार ६२९ सहयोगमा ५ वटा नर्सरी स्रोत केन्द्र स्थापना भएको छ ।

सिगाना, बनौ, भकिम्ली, दोसल्ले र पात्लेखेतमा नर्सरी स्रोत केन्द्र स्थापना भएको छ । मंगला माविमा प्राबिधिक शिक्षालयको साझेदारीमा ब्यवसायिक उत्पादन कार्यक्रम सञ्चालनमा रु. तीन लाख तीन हजार ८६३ खर्च भएको छ ।

४७५ वटा पलास्टिक क्रेट खरिद गर्न पचास प्रतिशतका दरले रु. एक लाख ४२ हजार ५०० अनुदान बितरण भएको छ । बेनी, बागलुङ नगरपालिका, जलजला, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको ५२ वटा वडामा सुन्तला जोन कार्यक्रम लागु भएको छ । यसैगरी इकाई मार्फत सञ्चालित बंगुर जोन कार्यक्रम अन्तरगत १६ वटा बंगुर फार्म तथा कृषकहरुले विभिन्न शिर्षकमा रु. ३६ लाख ५६ हजार ८०९ अनुदान पाएका नायब पशु सेवा प्राबिधिक बलबहादुर ओलीले जानकारी दिनुभयो ।

बंगुर फार्मको नयाँ पूर्बाधार निर्माण, पुराना गोठ सुधार र ब्यवस्थापन, गोबर ग्याँस निर्माण, मासु पसल सुधार गरेका छन् । बेनी नगरपालिका– १ को अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहले सुगुर खोर सुधार गर्न विपन्न वर्ग लक्षित उन्नत बंगुरपालन कार्यक्रम मार्फत रु. पाँच लाख ७६ हजार ७७० अनुदान पाएका छन् । अनुदान पाउने अन्य फार्महरुमा पहिलो कृषि फार्म, साजन बंगुर फर्म तथा साजन फ्रेस हाउस, पुर्जा पशुपंक्षी तथा कृषि फर्म, समिक्षा एण्ड समिर बंगुर फर्म, दिपेश बंगुर फर्म, संगम पशुपन्छी तथा बंगुर फर्म, सुनगामा कृषि तथा पशुपन्छी फर्म, उर्वसी अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषि फर्म, हेराल बंगुरपालन फर्म, गौरखी कृषि उद्यम केन्द्र, उद्यमशिल कृषि तथा पशुपन्छी फर्म, सिर्जना कृषि तथा बंगुरपालन फर्म, थापा पशुपन्छी कृषि मत्स्य पालन फर्म र सिमलचौर बंगुर फर्म रहेका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...