धस्केखोरका पहिरो पिडितको लागि आश्रयस्थल निर्माण

Gandaki Ghumau

पोखरेबगर । पहिरोबाट बिस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ धस्केखोरका बासिन्दाका लागि आश्रयस्थल निर्माण गरिएको छ ।

बस्ती वरपर पहिरो खस्ने, जमिन चिरा चिरा परेर धाजा फाटेर बग्न थालेपछि धस्केखोर डाडामा स्थानान्तरण गरिएका १६ परिवारका लागि सामुहिक आश्रयस्थल बनाइएको हो ।

नेपाल स्थित अमेरिकी दुतावासले उपलब्ध गराएको सामग्र्रीको प्रयोग गरेर करिब ४० जनाका लागि आश्रयस्थल बनाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो । गलेश्वरमा रहेको सशस्त्र प्रहरीको आश्रित गुल्मका सुरक्षाकर्मी, जनप्रतिनिधी र स्थानीयबासीहरुले बिहिबार श्रमदान गरेर आश्रयस्थल बनाएका हुन् ।

Shreekrishna
Gunasthariya Shiksya

दुतावासले टेन्ट, फोल्डीङ बेड, बेड सेट, बिद्युत, लाइट, खानेपानी टंकी, फिल्टर, कोल्याब्टर वाटर टंकी, पानी शुद्धीकरण गर्ने ट्याब्लेट, चर्पी, शयनकक्ष, त्रिपाल, सोलार बक्ति, बाल्टी, मग, साबुन, ग्याँस सिलिण्डर, फोहोर ब्यवस्थापन गर्ने भाडो, पानी राख्ने बोत्तल, मास्क, पाइप, सिरानी, बेल्चा, धन, गैची, सरसफाई र उद्धार कार्यमा आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराएको छ ।

सो सामग्रीको प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीका पहिरो पिडितका लागि सशस्त्र प्रहरीको सोही टोलीले शुक्रबार आश्रयस्थल बनाउने तयारी गरको छ । दिउँसो गाउँमा आएर खेतबारीको काम गर्ने र राती सुत्न टहरामा जाने गरेको धस्केखोरका रेशबहादुर पाइजाले बताउनुभयो । आठ वटा घर पहिरोले भत्किएका छन् ।

सँयौ रोपनी खेतबारी धाजा फाटेर क्षति पुगेको छ । रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमति बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टिकाबहादुर पुर्जा, ज्ञानबहादुर पाइजा लगायतका परिवारलाई स्थानान्तरण गरिएको हो ।

पहिरोको जोखिम रहेकाले थप क्षति हुन नदिन गत असार तेस्रो हप्ता गाउँपालिका र विभिन्न दाताले दिएको त्रिपाल, पलास्टिक बाट १० वटा टहरा निर्माण, खानेपानी र बिद्युत ब्यवस्थापन स्थानान्तरण गरिएको थियो । घरका महत्वपूर्ण सामान पनि सारेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...