राजस्व संकलनमा म्याग्दी मालपोतको छलाङ (भिडियो सहित )

Gandaki Pardesh notice

बेनी । जिल्ला मालपोत कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा रु. तीन करोड २९ लाख ४३ हजार ८०६ राजस्व संकलन भएको थियो । हालै सकिएको आर्थिक वर्ष २०७७÷०७८ मा अघिल्लो वर्षको तुलनामा ५५.१२ प्रतिशत बढी रु. पाँच करोड ११ लाख तीन हजार ६०० राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

अघिल्लो वर्षको भन्दा रु. एक करोड ८१ लाख ५९ हजार ७९४ बढी राजस्व संकलन भएको हो । घरजग्गाको कारोबार हुने मुख्य समय चैत÷बैशाख÷जेठ र असार महिनामा भएको लकडाउनका कारण आर्थिक वर्ष २०७६÷७७ को राजस्व संकलन प्रभावित भएको थियो ।

Shreekrishna hardwear in news

मालपोत अधिकृत कृष्णबहादुर कार्कीले लकडाउनका लागि अघिल्लो बर्ष लामो समय कार्यालय बन्द हुदा रोकिएका घरजग्गा सम्बन्धी कारोबार गत वर्ष भएको र निषेधाज्ञाको समयमा पनि कार्यालय सञ्चालन भएकाले राजस्व संकलन बढेको बताउनुभयो ।

एक हजार ८०८ जनाले बैंक, बित्तीय संस्था र सहकारीमा घरजग्गा धितो राखेर कर्जा लिएका छन् । ३०० भन्दा बढी नामसारी र ९६८ वटा लिखत (अंशबण्डा, राजिनामा, सट्टापट्टा) सम्बन्धी काम भएको छ । घरजग्गाको रजिस्टे«शनबाट रु. दुई करोड ३८ लाख ६५ हजार ९५६, पुर्जा बिक्रीबाट रु. ३५ हजार ३००, न्यायिक दस्तुर, दण्ड, जरिवाना, जफतबाट रु. चार लाख २९ हजार, ७३१, सेवा शूल्कबाट रु. ६१ लाख ९८ हजार ९१० राजस्व संकलन भएको छ ।

रोक्का राखेर रु. पाँच लाख २६ हजार ७००, पुजिगत लाभकरबाट रु. एक करोड ७६ लाख ९३ हजार ४४४, नगर सुधार कोषबाट रु. ३२ लाख ५३ हजार ५१८ राजस्व संकलन भएको छ । नगरपालिका क्षेत्रमा घरजग्गाको कारोबार गर्दा शून्य दशमलब ५० प्रतिशतका दरले तिर्नुपर्ने नगर सुधार कोषको शूल्क चालु आर्थिक बर्षदेखि हटेको छ ।

Bhautik ministry notice about road

यसैगरी रजिष्ट्रेसन शुल्क अन्तर्गतको राजश्व रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ । जग्गा रजिष्ट्रेशनको संकलन राजश्वमध्ये १ करोड ४७ लाख ९२ हजार ७०१ रुपैयाँ प्रदेश र स्थानीय तहलाई बाँडफाड गरिएको लेखापाल दिपक खत्रीले जानकारी दिनुभयो ।

यसैगरी मालपोत कार्यालयमा नियमित बिद्युत आपुर्ति गराउन बैकल्पिक ब्यवस्था गरिएको छ । दश वर्षअघि जडान गरिएको ब्याकअप र ब्याट्रि पुरानो भएकाले बिद्युत आपुर्ति नहुँदा कार्यालयको सेवा प्रभावित हुने अवस्था थियो ।

मंगले राहुघाट जलबिद्युत आयोजनाको प्रर्वद्धक तुदी हाइड्रोवार र ठुलोखोला जलबिद्युत आयोजनाको प्रर्वद्धक संयुक्त उर्जा कम्पनीले रु. चार लाख पचास हजार खर्च गरेर नयाँ ब्याकअप र ब्याट्रि जडान गरेका हुन् ।

अब बिद्युत आपुर्ति नभएको अवस्थामा पनि नियमित सेवा प्रवाह गर्न सकिने भएको मालपोत अधिकृत कार्कीले बताउनुभयो । यसैगरी बेनी नगरपालिकाको रु. एक लाख पचास हजार सहयोगमा जग्गा सम्बन्धी अभिलेखलाई सुरक्षित रुपमा भण्डारण गर्न मोठ फाँटमा तीन वटा ¥याक राखिएको छ ।

प्रदेश सरकार र बिभागको सहयोगमा जिन्सी स्टोरका लागि दुई कोठे भवन र प्रतिक्षालय निर्माण गरेको मालपोत अधिकृत कार्कीले बताउनुभयो । वाइट घरजग्गा सम्बन्धी सेवालाई ब्यवस्थित बनाउन पाँच वटा भू–सेवा केन्द्र स्थापना भएको छ ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाले पनि भू–सेवा केन्द्र स्थापना गर्न अनुमति लिएका छन् । तर काम गरेका छैनन् । विभिन्न तहका २१ जना कर्मचारीको दरबन्दि रहेको मालपोत कार्यलयमा हाल १७ जना छन् । बढुवा र समायोजन भएर थप कर्मचारी आएपछि सेवा प्रवाहमा सहज भएको छ । इन्टरनेट र सर्बरमा आउने समस्याले मालपोतको सेवा प्रवाहमा हुने ढिलासुस्ति हटाउन चुनौति बनेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...