पाँच हजार सवारी साधनलाई तीस लाख जरिवाना

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा एक वर्षको अवधिमा करिब पाँच हजार सवारी धनी र चालकलाई कारबाही गरेर रु. तीस लाख भन्दा बढी जरिवाना तिराइएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार ८५० जना सवारी धनी र चालकलाई रु. तीस लाख ७३ हजार ५०० जरिवाना तिराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी सहायक निरीक्षक बिशाल दर्जीले प्रयोजन बिपरित, क्षमता भन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारी धनी पत्र नभएकाहरुलाई कारबाही गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

एक हजार २१५ वटा मोटरसाइकलबाट रु. आठ लाख ८४ हजार ५००, ९७६ ट्याक्टरबाट रु. छ लाख ३९ हजार ५००, एक हजार ७८६ जिप कारबाट रु. दश लाख २९ लाख ५००, १९५ बस कारबाट रु. एक लाख पाँच हजार पाँच सय र ६७५ ट्रकबाट रु. चार लाख १४ हजार पाँच सय जरिवाना तिराइएको छ ।

साउनमा २०० वटा बाट रु. एक लाख १७ हजार पाँच सय, भदौमा २५० वटा बाट रु. एक लाख ५४ हजार ५००, असोजमा ७५० बाट रु. चार लाख ६६ हजार ५००, कात्तिकमा ३०० बाट रु. दुई लाख एक हजार, मंसिरमा ३५० बाट रु. दुई लाख २३ हजार पाँच सय, पुषमा ४५० वटाबाट रु. दुई लाख ९५ हजार ५०० जरिवाना तिराइएको थियो ।

माघमा ६०० वटाबाट रु. तीन लाख ७६ हजार, फागुनमा ८०० वटाबाट रु. पाँच लाख २९ हजार पाँच सय, चैतमा ४५० वटाबाट रु. दुई लाख ७७ हजार ५००, बैशाखमा ३५० वटाबाट रु. दुई लाख आठ हजार, जेठमा ५० वटाबाट रु. ३१ हजार ५०० र असारमा ३०० वटालाई रु. एक लाख ९३ हजार जरिवाना तिराइएको थियो ।

Bhautik ministry notice about road

अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा तीन हजार ६०० सवारी साधनलाई कारबाही गरेर रु. २२ लाख १९ हजार ५००, २०७५÷०७६ मा छ हजार २०० सवारी साधनलाई रु. ४१ लख ९३ हजार र २०७४÷७५ मा आठ हजार ४०० वटालाई कारबाही गरेर रु. ५७ लाख ६६ हजार ५०० जरिवाना तिराएको थियो ।

गत वर्ष म्याग्दीमा भएका १२ वटा दुर्घटनामा ८ जनाको ज्यान गएको थियो । १२ जना सख्त र १४ जना सामान्य घाइते भएका थिए । २०७६÷७७ मा भएको १४ वटा सवारी दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ३४ जना घाइते भएका थिए ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउन ११९ जना र तोकिएको भन्दा बढी भाडा असुल्ने छ वटा सवारी धनीलाई कारबाही भएको छ । ट्राफिक प्रहरी हवल्दार बैकुण्ठ पौडेलले चेकजाँचका साथै दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालना गराउन चालक, यात्रु र नागरिक लक्षित सन्देशमुलक कार्यक्रम पनि गरिएको बताउनुभयो ।

१४ वटा बिद्यालयका ८५८ जना बिद्यार्थी, एक हजार ६४७ जना चालकलाई ४३ पटक र दुई पटक १८० जना सर्वसाधारणलाई सहभागी गराएर सचेतनामुलक कार्यक्रम गरिएको थियो । चालक यात्रुमैत्री कक्षा अन्तरगत ३१ पटकमा एक हजार ६११ जनालाई प्रशिक्षण दिएको ट्राफिक प्रहरीले म्याग्दीमा ७३ पटक तीन हजार ४५२ वटा पर्चा बितरण गरेको छ ।

गत वर्षदेखि बेनी बजारमा सुरु भएको एकतर्फी पार्किङ र बहुउद्देश्यीय मैदानमा बसपार्क सञ्चालन भएपछि ट्राफिक ब्यवस्थापनमा सहयोग पुगेको छ । नगरपालिकाले अस्पताल चोक र नेपाल बिद्युत प्राधिकरणको कार्यालय नजिकैको घुम्तिमा कन्भेक्स मिरर राखेको छ ।

एकतर्फी पार्किङको नियम कार्यान्वयनमा बेनीका केही घरधनी र ब्यापारिले अटेरी गरेका छन् । गलत ठाउँमा पार्किङ भएका सवारी साधनलाई ह्वील र च्यानल लक लगाउने तयारी भएको प्रहरी सहायक निरिक्षक दर्जीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...