धवलागिरीका लक्षित समुदायलाई सामाजिक सुरक्षा भत्ता बितरण सुरु

Gandaki Pardesh notice

धौलागिरी खबर फलोअप समाचार

बेनी । म्याग्दीको धवलागरी गाउँपालिकाका लक्षित समुदायलाई गत आर्थिक वर्ष २०७७÷७८ को सामाजिक सुरक्षा भत्ता आठ महिनापछि बितरण गर्न थालिएको छ ।

प्रभु बैंक लिमिटेडको शाखाले बुधबारदेखि ताकमका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालिएको जनाएको छ । गत आर्थिक वर्षको आठ महिनाको सामाजिक सुरक्षा भत्ता बितरण नभएको बिषयमा मंगलबार धौलागिरी खबर लगायतका सञ्चार माध्यममा समाचार प्रकाशन प्रशारण भएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रभु बैंकको ताकम शाखाका प्रबन्धक जितेन्द्र शेरचनले खाता खोल्ने, नमिलेको खाता मिलाउने र खातामा रकम जम्मा गर्ने काम सकिएपछि सामाजिक सुरक्षा भत्ता बितरण थालिएको बताउनुभयो । अन्य वडाका नागरिकलाई पनि बितरण गर्ने तयारी भएको छ ।

करिब तीन हजार जना लक्षित समुदायले करिब चार करोड पचास लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता समयमै नपाउदा मर्कामा परेको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ देखि धवलागिरीका सबै वडाका लक्षित व्यक्तिहरुलाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्न खाता खोलिएको थियो ।

यसअघि वडाका जनप्रतिनीधि र सचिबले बितरण गर्दै आएका थिए । पारदर्शी बनाउन र दुरुपयोग रोक्न बैंक मार्फत बितरण गर्ने नीति लिएको हो । बैंकले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न सम्झौता गरेको थियो ।

गाउँपालिकाको पञ्जिकरण शाखाकी कर्मचारी यामकुमारी पुनका अनुसार दुई हजार ९२६ जना लाभग्राही मध्य दुई हजार ६२५ जनाले बैंकमा खाता खोलेका छन् । शाखाका प्रबन्धक जितेन्द्र शेरचनले कर्मचारीलाई कोरोना संक्रमण भएको, आर्थिक मसान्तको अन्तिममा नियमित काममा व्यक्त हुनुपरेको र ताकमका केही लक्षित समुदायको बैंक खाताको बिबरण नमिलेकाले भत्ता बितरण गर्न ढिलाई भएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...