अलपत्र योजनालाई गति दिन मालिकाका वडा अध्यक्षहरुको प्रशासनको ध्यानाकर्षण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिकाका वडा अध्यक्षहरुले अलपत्र योजना निर्माणलाई गति दिन स्थानीय प्रशासन मार्फत सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।

वडा अध्यक्षहरुको टोलीले बुधबार प्रजिअ गणेशबहादुर अधिकारीलाई भेटेर संघ र प्रदेश सरकारद्धारा सञ्चालित सडक, खानेपानी, बिद्युत, सञ्चार, सडक सम्बन्धी योजना निर्माणमा भएको ढिलासुस्तिको बिषयमा ध्यानाकर्षण गराएका हुन् ।

वडा र पालिका स्तरबाट गरिएको खबरदारीलाई बेवास्ता भएकाले जिल्ला तहमा आएको बताउदै वडा अध्यक्षहरुले गम्भिर भएर कामलाई गति नदिए जनतासँगै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मालिका–२ का अध्यक्ष नरबहादुर पुन, ४ का अध्यक्ष दिलिपकुमार शेरचन, ६ का अध्यक्ष सन्तोष सुबेदी र ७ का अध्यक्ष रेशम जुग्जालीले प्रजिअ अधिकारी मार्फत सम्बद्ध कार्यालय र राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनुभएको हो ।

बेनी–दरबाङ सडक, छ्यारछ्यारेमा निर्माणाधिन सडक पुल, मिलनचोक–रातोढुङ्गा प्रशारण लाइन र सबस्टेशन, दरबाङ, देबिस्थान खानेपानी आयोजना र पालिकाको सबै वडामा सञ्चालित बिद्युतिकरण बिस्तार योजना निर्माणलाई गति दिन ध्यानाकर्षण गराउनुभएको छ ।

पश्चिम म्याग्दीको बिकासमा दुरगामी महत्व राख्ने योजना निर्माणमा भएको ढिलासुस्ति र लापरबाहीले नागरिकलाई सास्ती भएको छ । जनजिवन कष्टकर बनेको छ । प्रजिअ अधिकारीले बिकास आयोजना ब्यवस्थापनमा देखिएका समस्या पहिचान गरेर समाधानका लागि पालिका र सम्बद्ध कार्यालयहरुबीच समन्वय तथा सहजिकरण गर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...