बस्ती संरक्षण र सडक निर्माणको माग सहित मंगलाघाटबासीको डेलिगेशन

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–७ मंगलाघाटका बासिन्दाले बस्ती संरक्षण, पहिरो नियन्त्रण र सडक निर्माणको माग सहित मंगलबार नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

मंगलाघाट र महारानी टोल सुधार समितिको अगुवाइमा नगरपालिकामा डेलिगेशन गएका स्थानीयबासीले महारानी–कुरीलाखर्क क्षेत्रको पहिरो नियन्त्रण, सडकको ढल र बाढीको सुरक्षित ब्यवस्थापन गर्न ध्यानाकर्षण गराएका हुन् ।

यसैगरी बेनी–दरबाङ र मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजना निर्माणमा भएको ढिलासुस्तिको बारेमा पनि ध्यानाकर्षण गराएको मंगलाघाट टोल सुधार समितिका अध्यक्ष खिमबहादुर छन्त्यालले बताउनुभयो ।

Shreekrishna hardwear in news

मंगलाघाटका अधिकांश घरका बासिन्दा सहभागी टोलीले नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदी, वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र कार्यपालिका सदस्यहरुलाई आफ्ना गुनासा ब्यक्त गरेका थिए ।

Bhautik ministry notice about road

उनिहरुले महारानीथान–कुरालाखर्कको सडक निर्माण, पहिरो नियन्त्रण र मंगलाघाट बस्ती संरक्षणका लागि नयाँ आर्थिक बर्षमा बिनियोजन भएको पन्ध्र लाख रुपैयाँ बजेट कम भएकाले बढाउन तथा निर्माणाधिन डिपिआरलाई भूगोल र आवश्यकता अनुसार बनाउन सुझाव दिएका छन् ।
सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङद्धारा सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट सडक र बेनी–दरबाङ सडकको बेनी सामुदायिक माविको अगाडी देखि मंगलाघाट क्षेत्रमा सडक कालोपत्रे गर्न यसअघि निर्माण ब्यवसायीले जनाएको प्रतिवद्धता कार्यान्वयन नगरेकाले नगरपालिका मार्फत ध्यानाकर्षण गराएका छन् ।

नगर प्रमुख श्रेष्ठ, उपप्रमुख बरुवाल, प्रशासकीय अधिकृत सुबेदी, वडा अध्यक्ष श्रेष्ठ लगायतले अस्पतालचोक, क्याम्पसचोक जस्तै मंगलाघाटको बाढी पहिरोको समस्या समाधान गर्न नगरपालिकाले आगामी हिउँदे नगरसभाबाट थप बजेट ब्यवस्थापन गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नगरप्रमुख श्रेष्ठले बेनी–दरबाङ र मंगलाघाट–हाडेभिर–बगरफाँट सडक निर्माणलाई तिब्रता दिन पुर्बाधार बिकास कार्यालय र सघन सहरी बिकास डिभिजन कार्यालयलाई ताकेता गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...