काभ्रेभिरबाट खसेको ढुुङ्गाले लागेर मोटरसाइकल चालक घाइते

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शुक्रबार भिरबाट खसेको ढुङ्गाले लागेर मोटरसाइकल चालक घाइते भएका छन् ।

दाना देखि मुस्ताङको घाँसा जाँदै गरेको लु ३४ प ५०८ नम्बरको मोटरसाइकलमा सवार रोल्पाको सुनछहरी गाउँपालिका–३ का २८ वर्षीय बिशाल घर्ति घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

बेनी–जोमसोम सडक अन्तरगतको काभ्रेभिरमा गुडिरहेको मोटरसाइकलमा ढुङ्गा खसेर घर्तिलाई चोट लागेको प्रहरी निरीक्षक बिक्रमराज गुरुङले जानकारी दिनुभयो । खतरामुक्त रहेका घर्तिको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Shreekrishna hardwear in news

यसैबीच म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक विभिन्न ३ ठाउँमा खसेको लेदो सहितको पहिरोले अवरुद्ध बनेको छ । रघुगंगा गाउँपालिका–३ राहुघाट, अन्नपूर्ण गाउँपालिका–३ गुइठे र रुप्से छहरा क्षेत्रमा पहिरोले सडक अवरुद्ध बनेको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका ठेकेदार कम्पनीका एक्साभेरटर, मजदुर र प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरेपनि साँझसम्म खुलेको छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...