सिप सिकेका उद्यमीलाई बेनी नगरपालिकाद्धारा औजार सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाले सिपमुलक तालिममा सहभागी उद्यमीहरुलाई आइतबार औजार सहयोग गरेको छ ।

नगरपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रमको तालिममा सहभागीहरुलाई सिपको सदुपयोग गरेर ब्यवसायिक बन्न प्रेरित गर्ने उद्देश्यले औजार उपलब्ध गराएको हो । ५५ जनालाई नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदी र अधिकृत युवराज थापाले सामग्री बितरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

तीन महिने सिलाई कटाई तालिम लिएका सहभागि १८ जनालाई सिलाउने मेसिन, स्कूल झोला सिलाउने एक महिने तालिममा सहभागि ७ जना, नागासल (गलबन्दी) सिलाउने एक महिने तालिममा सहभागि १० जनालाई इन्टरलक र ५ दिने तरकारी सम्वन्धी तालिममा सहभागि १५ जनालाई स्प्रे र हजारी बितरण गरिएको थियो ।

Shreekrishna hardwear in news

नगरपालिकाले करिब नौ लाख रुपैयाँ बजेटबाट तालिम, सिलाईकटाई गर्ने मेसिन र कृषकलाई मौरिका घारहरु उपलब्ध गराएको छ । नगरप्रमुख श्रेष्ठले तालिमबाट प्राप्त सिपसंगै मेसिनलाई ब्यवहारमा प्रयोग गरेर उद्यमी बन्न आग्रह गर्नुभएको थियो ।

उपप्रमुख बरुवालले नगरपालिकाबाट आयोजित तालिमबाट सिकेको सिप र प्रविधिलाई प्रयोग गरेर समाजमा आत्मनिर्भर बनेपछि आगामी बर्षमा नगरापलिकाले आयोजना हुने सिप विकास तालिममा अन्यलाई सिप सिक्नेतर्फ आकर्षित बनाउने ब्यवसयी बन्न आग्रह गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...