पहिरोले पाइपलाइन छिन्नभिन्न बनाएपछि बेनीमा खानेपानीको अभाव

Gandaki Pardesh notice

बेनी । पाइपलाइनमा पहिरोले क्षति पु¥याएपछि म्याग्दीको सदरमुकाम बेनी बजारमा तीन दिनदेखि खानेपानीको अभाव भएको छ ।

पुम्दीखोला, रिठाखर्क, कोप्रेखोला र राहुवडाको बैकल्पिक मुहानबाट बेनी बजारमा ल्याइने खानेपानीको पाइपलाइनमा पहिरोले ठाउँ ठाउँमा छिन्न भिन्न बनाएको छ । प्रतिसेकेण्ड २२ लिटर खानेपानी आवश्यक पर्ने बेनीमा शनिबार साँझ प्रतिसेकेण्ड १२ लिटरका दरले खानेपानी आपुर्ति भएको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले पहिरोले धेरै ठाउँमा पाइपलाइन क्षति गरेको र सडक समेत अवरुद्ध हुँदा मर्मत गरि माग अनुसार खानेपानी आपुर्ति गराउन समस्या भएपनि निरन्तर प्रयासमा लागेको बताउनुभयो ।

Shreekrishna hardwear in news

प्रतिसेकेण्ड दश लिटर पानी आपुर्ति हुनुपर्ने पुम्दीको मुहानको पाइपलाइनबाट छ लिटर र राहुवडाको बैकल्पिक मुहानबाट छ लिटरका दरले पानी ल्याएर रिजर्भ टंकी भर्न लागिएकाले शनिबार रातीदेखि पानी चलाउने प्रयासमा जुटेको अध्यक्ष रेग्मीले बताउनुभयो ।

प्रति सेकेण्ड साढे २ देखि तीन लिटर खानेपानी आपुर्ति गर्ने कोप्रेको पाइपलाईन मुहान र महारानी थानमा पहिरोले क्षतबिक्षत बनाएको छ । प्रतिलिटर १८ लिटर पानी आपुर्ति गर्ने रिठाखर्कको मुहानको पाइपलाईन राहुवाडे, घोरेढुंगा, तिल्केनी, गलेश्वर राहुघाट, गलेश्वर, जलेश्वरमा फुटेको छ ।

Bhautik ministry notice about road

राहुघाट देखि गलेश्वर सम्म बैकल्पिक पाइपलाइन बनाएर पानी आपुर्ति गराउने तयारी भएको छ । राहुवडा, रिठाखर्क र पुम्दीको पानी ल्याउने पाइपलाइनमा पर्ने बेनीको हिलसाइडमा पहिरो गएकाले केही दिनअघि फुटेको थियो ।

रिजर्भ टंकी देखि माथि र तलतिर पहिरो गएकाले जोखिम बनाएको छ । तीन दिनदेखि बेनीमा खानेपानी आपुर्ति नभएको हो । घरायसी प्रयोजन, सरसफाईमा समस्या भएको छ । निजी धारा भएका छिमेकिलाई मागेर खानेपानीको जोहो गरेको बेनी न्युरोडकी सुष्मा खत्रीले बताउनुभये ।

निजी मुहानबाट पानी ल्याएकाहरुले सडकमा धारा बनाएर पानी बितरण गरेका छन् । निजी धाराको पानी भर्न सर्वसाधारणको भिड लाग्ने गरेको छ । बेनी बजारका एक हजार सात घरधुरी उपभोक्ता खानेपानी आपुर्ति नहुँदा मर्कामा परेका छन् ।

यसैबीच पहिरोले अवरुद्ध बनेका म्याग्दीका सडक मर्मत कार्य सुरु भएको छ । बेनी–जोमसोम, बेनी–दरबाङ, बेनी–पाखापानी, बागलुङ–बेनी लगायत म्याग्दीका ग्रामिण बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने सडक अवरुद्ध भएका छन् ।

बेनी जोमसोम कोरला सडक आयोजना, पुर्बाधार बिकास कार्यालय र स्थानीय तहहरुले पहिरो पन्छाउने, ग्यावीयन पर्खाल र नयाँ बैकल्पिक मार्ग खोलेर सडक सूचारु गराउन काम गरिरकेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...