भकिम्लीका अधिकांश योजना निर्माण सकियो

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा चालु आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन भएका अधिकांश योजना निर्माण सकिएका छन् ।

बेनी नगरपालिकाका २९ र प्रदेश सरकारको एक वटा योजना निर्माण सकिएका हुन् । नगरपालिकाले दुई लाख बजेट बिनियोजन गरेका तीन वटा बाहेक सबै योजना निर्माण सकिएको वडा अध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।

“यसपालि कोरोनाले गर्दा केही ढिलाई भएपनि अधिकांश योजना निर्माण सकिएको छ,” उहाँले भन्नुभयो “एक वटा बाहेक अन्य सबै आयोजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका हुन् ।”

Shreekrishna

७० लाख बजेट बिनियोजन भएको ठेक्का मार्फत कार्यान्वयन गरिएको चिनाखेत खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा छन् । ७६ घरमा निजी धारा मार्फत खानेपानी बितरण गर्ने लक्ष्य राखिएको यो आयोजनाको मुहान र रिजर्भ टंकी निर्माण सकेर मुख्य र शाखा पाइपलाईन निर्माण धमाधम भैरहेको छ ।

नगरपालिकाले ४० लाख रुपैयाँ बिनियोजन गरेको दुधेखोला डाडाखानी भकिम्ली सडकको साउनेपानी खण्डमा ५ मिटर चौडाइका दरले १२० मिटर ढलान भएको छ । ढलानका साथै सोलीङ, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण भएको छ ।

पुर्बाधार बिकास कार्यक्रम अन्तरगत प्रदेश सांसद बिनोद केसीको सिफासिरमा २५ लाख रुपैयाँ बिनियोजन भएको भकिम्ली देखि बागलुङको ताराखोला जोड्ने सडकको मुसुङ देखि ताराखोला तर्फ मार्ग निर्माण भएको थियो ।

१७ लाख रुपैयाँ बिनियोजन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बालप्रिय सारदा आधारभूत बिद्यालय देखि रातोखाल र जयन्ती मावी हुदै भुकभुके जोड्ने पदमार्ग निर्माण भएको छ । पदमार्ग निर्माणमा बेरोजगार सुचिमा रहेका युवाहरुलाई परिचालन गरिएको थियो ।

कृषि ज्ञान केन्द्रको प्राङगारिक खेति कार्यक्रम अन्तरगत भकिम्ली ग्रामिण कृषि सहकारी संस्था मार्फत ३८ घरमा भकारो सुधार भएको छ । रु. दश लाख बजेटको यो कार्यक्रम कोरोनाका कारण पूर्ण रुपमा सम्पन्न हुन पाएन् ।

Gunasthariya Shiksya

सात लाख रुपैयाँ बजेटबाट थामडाडा मरेक छेपारे डोले सडक स्तरोन्नति भएको छ । पाँच लाख बजेट बिनियोजन भएको डाडाखानी ठोट्नेरी, सात लाख बजेटको राखु भकिम्ली, एक लाखको ज्यामिरे भूमेथान, दुई लाखको रोल–चिनाखेत, दुई लाखको सिम–डोले–उदिनढुंगा र दुई लाखको सिन्धुला–अन्न लुकाउने सडक पनि निर्माण सकिएको छ ।

तीन लाख रुपैयाँ बजेट बिनियोजन गरेर भकिम्ली बहुउद्देश्यीय भवन निर्माणलाई पुर्णता दिइएको छ । आठ लाख बजेटबाट डोले खेलमैदानको स्टेज बनाउन डिपिसी र पिल्लर राखिएको छ । तीन लाख बिनियोजन भएको मुसुङको खेलमैदान र दुई लाख बजेटको चिनाखेत खेलमैदान पनि निर्माण सकिएको छ ।

तीन लाख रुपैयाँ बजेटबाट जयन्ती मावी देखि बहुउद्देश्यीय भवन जोड्ने पदमार्ग निर्माण र तीन लाख बजेटबाट तीन ठाउँका चिहानघाट ब्यवस्थापन भएको छ । छ लाख बजेटले स्वर्गाश्रममा भान्छाघर र तीन लाख रुपैयाँबाट बाघखोरमा क्याम्पीङ भवन निर्माण भएको छ ।

छुवाछुतमुक्त वडा घोषणाका लागि अन्तरक्रिया भएको थियो । पाँच लाख बजेटबाट मरेकमा खानेपानी र दुई लाखले गुहेखोला संरक्षण, दुई लाखको मुसुङको सिमखोल्सा संरक्षण, तीन लाखले सिमको दलित बस्ती संरक्षण, एक लाखले जस्तापाटा खरिद गरेर मुसुङ र बालप्रिय सारदा आधारभूतको छानो फेरिएको छ ।

भूमे आधारभूतलाई बिनियोजन भएको एक लाख, चन्द्रोदय आधारभूतलाई बिनियोजन भएको दुई लाखको पनि निर्माण सकिएको छ । एक लाख बजेटबाट तोराखेतमा मन्दिर, एक लाख पचास हजार बजेटबाट हिमचुली स्पोट्स क्लवको पुर्बाधार र दुई लाख बजेटले हल्लेगौडा पानीस्वाँरा सिचाई आयोजना निर्माण भएको छ ।

पाँच लाख रुपैयाँ बजेटबाट ६२ वटा पलास्टिक टनेल र २२ वटा यान्त्रिक हलो खरिद गरेर पचास प्रतिशत अनुदानमा कृषकलाई बितरण गरिएको छ । एक लाख बिनियोजन भएको तोराखेत खानेपानी, पचास हजारको छेपारे खानेपानी र पचास हजार बिनियोजन भएको डाडाखानी गोरेटोबाटो निर्माण हुन सकेन् । प्रदेश सरकारले २५ लाख बिनियोजन गरेको डोले खानेपानी आयोजनाको काम पनि कोरोनाको कारण प्रभावित बनेको छ ।

सरकारी निकाय, प्रवासी र स्थानीयबासीको साझेदारीमा निर्माण भएको जयन्ती माविको भवनलाई पूर्णता दिएर उद्घाटन गराउने, स्वास्थ्य चौकीको भवन निर्माण गर्न पहल गरिएको वडा सदस्य रत्नबहादुर जिसीले बताउनुभयो । दूधेखोला भकिम्ली सडकको हल्लेगौडा क्षेत्रमा पहिरोले सडक क्षतिग्रस्त बनाएपछि भकिम्लीको बिकासमा चुनौति बनेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...