रातोढुङ्गामा बाढीले घर बगाउँदा एकको मृत्यु, एक जना बेपत्ता

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।

मंगला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बताउनुभयो ।
बजिनको शव भेटिएको र बिना बेपत्ता भएको वडा अध्यक्ष सुबेदीले बताउनुभयो । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधी र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको ब्यवस्थापनमा परिचालन भएका छन् ।

Bhautik ministry notice about road

खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकातर्फ पनि एक वटा घरमा क्षति पुगेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधिन ३२÷११ केभी क्षमताको सबस्टेशन र सँयौ रोपनी खेतीयोग्य जमिन जोखिममा परेको छ ।

Shreekrishna hardwear in news

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको बिबरण संकलन, बेपत्ताको खोजी र जोखिमका घरधुरी ब्यवस्थापनमा जुटेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...