जातीय विभेद गर्ने शिक्षा मन्त्रीलाई बर्खास्त गर्न जातीय मुक्ति समाजको माग

Gandaki Ghumau

बेनी । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कार्यसमिति म्याग्दीले जातीय विभेद् गरेका शिक्षा बिज्ञान तथा प्रबिधीमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गरि कानुनी कारबाहीको माग गर्दै सोमबार ज्ञापनपत्र पठाएको छ ।

समाजका अध्यक्ष अभिषेक मिजारको नेतृत्वमा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष कृष्णकुमार विश्वकर्मा, केन्द्रिय सदस्य नबिन खत्री सहितको टोलीले प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो ।

Gunasthariya Shiksya

सञ्चारकर्मी रुपा सुनारलाई जातीयताका आधारमा डेरा नदिने काठमाडौकी घरधनी सरस्वती प्रधानलाई प्रहरी हिरासतबाट छुटाउन दवाब दिने र झण्डावाल गाडीमा राखेर हिरासतबाट लैजाने शिक्षामन्त्रीलाई तत्काल पदमुक्त गरि कानुनी कारबाही गर्न समाजले माग गरेको छ ।

Shreekrishna

साथै समाजले देशका विभिन्न ठाउँमा भएका जातीय विभेदका घटनाका दोषीलाई कानुनी कारबाही गरी नेपालको संबिधान, बिद्यमान ऐन कानुन तथा नेपालले स्विकार गरेका अन्तराष्ट्रिय सन्धी सम्झौतामा भएका ब्यवस्थालाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्न माग गरिएको छ ।

प्रजिअ अधिकारीले समाजले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...