सामुदायिक बिद्यालयमा बिश्वास बढाउन सफल मंगला

Gandaki Kotihome

बाबियाचौर । निजी बिद्यालय समायोजन गरेको म्याग्दीको बाबियाचौर स्थित मंगला माध्यमिक विद्यालयमा बिद्यार्थीको चाप बढेको छ ।

२०७७ कौ शैक्षिक सत्रदेखि स्थानीय भृकुटी सनराइज बोर्डिङलाई समायोजन गरेको मंगलाले अपनाएको अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने र बालमैत्री शिक्षण बिधीले बिद्यार्थीको आकर्षण बढाएको हो । दुवै विद्यालय मंगला गाउपालिका–२ बाबियाचौरका हुन् ।

बिद्यालयका प्रअ गमबहादुर खत्रीले आधारभूत तहमा नयाँ भर्ना हुने बिद्यार्थीको संख्या बढेको बताउनुभयो । “गत शैक्षिक सत्रमा १–५ तहमा २४ जना बिद्यार्थी थिए,” उहाँले भन्नुभयो “यस वर्ष कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने बिद्यार्थी संख्या २४० जना पुगेको छ ।” गत वर्ष ३९५ जना कुल बिद्यार्थी संख्या रहेको मंगलामा यस वर्ष ६०० जना पुगेका छन् ।

Upper Myagdi transmition line notice

भृकुटीका १२६ जना विद्यार्थीहरुलाई २०७६ को शैक्षिक सत्रको वार्षिक परिक्षा समेत मंगला माविबाट दिने गरि समायोजन गरिएको थियो । अभिभावकको माग अनुसार कक्षा १ देखि ७ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेको छ ।

‘‘गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई उचित छात्रवृत्ति प्रदान गर्ने र अभिभावकहरुसंग हाल प्राप्त भएको अभिभावक सहयोग रकममा अधिकतम पचास प्रतिशत छुट हुने गरी सहयोग रकम लिई उक्त विद्यालयका विद्यार्थीहरुको यस विद्यालयमा भर्ना समायोजन गर्ने सहमति कायम गरिएको’’ मंगला माविको व्यवस्थापन समितिले समायोजनका क्रममा गरेको निर्णयमा उल्लेख छ ।

Annapurna aarohan ko notice

सामुदायिक विद्यालयलेनै निजीको भन्दा राम्रो शिक्षा दिने वातावरण बनेपछि विद्यार्थी ल्याउन अभिभावकले साथ दिएका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर अधिकारीले बताउनुभयो । निजी विद्यालयको आकर्षणका कारण अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको अवस्थामा मंगला माविको प्रयासले सामुदायिक विद्यालयप्रति विश्वास बढाउन सहयोग मिलेको छ ।

पूर्व प्राथमिक देखि कक्षा १२ सम्मको पठनपाठन हुने मंगलाले शैक्षिक सत्र २०७६ देखि बालविज्ञान सम्बन्धी प्राबिधिक विषयको पठनपाठन सुरु गरेको थियो । यस वर्षदेखि बाल बिज्ञानको कक्षा ११ को पठनपाठन सुरु छ । बाली बिज्ञानको सबै बिषय अंगेंजी माध्यमबाट पढाउने गरिएको छ ।

शिक्षा मन्त्रालयले २०७६ देखिनै नमुना विद्यालयको कार्यक्रम समेत लागू गरेको छ । शिक्षा मन्त्रालयले गाउँपालिका मार्फत उपलब्ध गराएको अनुदान र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीको सहयोगमा दुई वटा भवन निर्माणाधिन छन् ।

प्राधिकरणको सहयोगमा ४ कोठे र शिक्षा मन्त्रालय मार्फत आठ कोठे भवन निर्माण भइरहेको छ । प्राधिकरणको सहयोगमा यसअघि चार कोठे भवन निर्माण भइसकेको छ । शिक्षा मन्त्रालयले पठाएको बजेटमा ठेक्का प्रक्रियामा बचेको ४२ लाख रुपैयाँबाट थप चार कोठे भवन निर्माणको तयारी भएको बिद्यालयका शिक्षक हुमनाथ पाण्डेले बताउनुभयो ।

३८ जना शिक्षक कर्मचारी रहेको मंगलामा निजी सोतका १३ जना शिक्षक छन् । भवन अभावका कारण १३ वटा कोठा भाडामा लिएर पठनपाठन सञ्चालन गरेको बिद्यालयले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...